तीनवटा हात भएको बालकको सफल शल्यक्रिया !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ पुष २०७१, बुधबार ०६:५५

तिनवटा हात भएको एक जना बालकले अन्ततः  नयाँ जिवन पाएको छ  । चिकित्सकहरुले शल्यक्रिया मार्फत बालकको एउटा अतिरिक्त बायाँ हात हटाउन सफल भएका छन् ।

समाचार अनुसार भारतको गुजरातस्थित भावनगरमा दुइ हप्ता अगाडि तिनवटा हात भएको बालक जन्मिएको थियो । उक्त बालकको दायाँ हात सही ठाउँमै थियो तर बायाँ भागमा भने दुइवटा हात पलाएका थिए । मानिसका चारवटा भन्दा बढि हातखुट्टा भएको अवस्थालाई पोलीमेलिया भनिन्छ जुन दशौँ लाख मानिसमा एक जनामा हुन्छ ।
भ्रुणको विकाश हुने क्रममा हातखुट्टाको निर्माण गर्ने कोषहरु असाधारण रुपमा विकशित भएको अवस्थामा बढि हातखुट्टा पलाउँछन् । कतिपय अवस्थामा जुम्ल्याहा भ्रुणमध्ये एउटा भ्रुण राम्ररी विकशित नहुँदा अर्को भ्रुणमा समाहित हुने र त्यसरी विलय भएको भ्रुणका हात खुट्टा जस्ता अंग टाँसिएर रहेको अवस्थामा देखिने हुन्छ ।

तिनवटा हात भएको उक्त बालकको गुजराँतस्थित अहमदाबाद सिभिल अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।

तर उक्त बालकमा तिनवटा हात मात्र नभएर अन्य शारीरिक समस्या पनि भेटिएको छ । उसको एउटा मृगौला नै छैन भने अण्डकोष समेत पेटभित्र रहेको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१