चिसोले गर्दा ओंठ फुट्यो ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ पुष २०७१, बुधबार ०५:४९
चिसो मौषममा ओंठ फुट्ने समस्या देखिन्छ । यदि तपाइँ पनि ओंठ फुटेर समस्यामा हुनु हुन्छ भने यहाँ ओंठ फुट्नबाट जोगाउने उपायको चर्चा गरिएको छ । जाडोमा चल्ने सुख्खा चिसो हावाले ओंठ चिरा चिरा हुने समस्या हुन्छ ।
फुटेको ओंठले अनुहारको शोभा नै विगारिदिने मात्र होइन दुखेर समस्या पनि हुन्छ । ओंठ फुट्नबाट बचाउनका लागि धेरै मेहनत गर्नु पर्दैन । सामान्य घरेलु उपायले ओंठ बचाउन सकिन्छ ।

 

  • मह र गुलाव जल

 

एक चम्मच गुलाब जल र एक चम्मच महलाई मिलाउनुस् र को ओंठमा लगाउनुस् । १० मिनेटपछि मनतातो पानीले ओंठ सफा गर्नुस् । त्यसपछि ओंठमा लिप गार्ड लगाउनुस् ।

 

  • कांक्राको जुस

 

काँक्रो काट्नुस् र पेष्ट बनाउनुस् । यसको टुक्राबाट जुस निकाल्नुस् । काँक्राको जुस ओंठमा लगाएर २० मिनेटपछि मन तातो पानीले ओंठ सफा गर्नुस् ।
  • मक्खन र घिउ : रातिमा सुत्नु अघि ओंठमा मक्खन र शुद्ध घिउले मजाज गर्नुस् ।

 

  • प्रयाप्त पानी: दिनमा कम्तिमा १० गिलास पानी पिउनुस् जसले गर्दा ओंठमा चिसो कायम हुन्छ र ओंठ फुट्दैन ।

 

 

  • तोरीको तेल : सुत्ने समयमा नाभीमा तोरीको तेल लगाएर सुत्नुस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१