अमेरिकी राजधानीमा हमला गर्नेलगायत आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने उत्तर कोरिया अजिब खालका नीति–नियम लागू गर्ने मुलुकका रुपमा समेत प्रसिद्द छ ।
उत्तर कोरियामा प्रचलित अजिब खालनका नियम –कानुनमध्ये पोर्न फिल्म हेर्नेहरुप्रतिको नियम पनि एक हो । उत्तर कोरियामा कसैले पनि पोर्न फिल्म हेर्न पाउँदैन । पोर्न फिल्म हेर्दै गरेको अवस्थामा कुनै व्यक्ति पक्राउ परे उसलाई मृत्युदण्डको सजाय सुनाइन्छ । उत्तर कोरिया सम्बन्धि यस्ता अनौठा तथ्य अरु पनि छन् । यहाँ कार राख्ने सुविधा सर्वसाधारणले पाउँदैन । सैनिक र सरकारी अधिकारीबाहेक अरु कसैलाई कार उपयोग गर्ने अधिकार यहाँ छैन । यो कानुन अत्यन्तै कडाइका साथ लागू गरिँदै आएको छ । त्यस्तै उत्तर कोरियाली जनताले निन्सका कपडासमेत लगाउन पाउँदैनन् । कसैले जिन्सका कपडा लगाएको फेला परेमा सजाय दिने गरिन्छ । त्यही भएर उत्तर कोरिया पुग्नेहरुले जिन्सका कपडा लगाएका मानिस देख्न पाउँदैनन् । त्यस्तै उत्तर कोरियामा भिखारीहरुको फोटो खिँच्न पनि प्रतिवन्धित छ । भिखारीहरुको फोटो कुनै पनि माध्यमबाट देशबाहिर गए पूरै देशको बेइज्जत हुने भन्दै भिखारीको फोटो खिच्नेहरुलाई सजाय दिने गरिन्छ । उत्तरकोरियाली जनताले आफूखुसी हेयर स्टाइलसमेत चयन गर्न सक्दैनन् भने उनीहरुले राष्ट्रपति र उनको बाबुको नाम समेत राख्न पाउँदैनन् ।
प्रतिक्रिया