लायन्स मणिमुकुन्दद्वारा सार्वजनिक शौचालय निर्माण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७१, मंगलवार ०६:३२

कपिल ज्ञवाली/ बुटवल, १५ पौष  ।

लायन्स क्लब अफ बुटवल मणिमुकुन्दले रुपन्देहीको मक्रहर गणेशनगरमा सार्वजनिक शौचालय निर्माण गरेको छ । एक लाख लागतमा निर्माण गरिएको शौचालय सोमबार एक कार्यक्रमका विच समुदायलाई हस्तान्तरण गरिएको छ । गणेशनगर सामुदायिक भवनको छेउमा क्लबको वर्ष २०१३÷१४को कार्यसमितिले निर्माण गरेको हो । शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न सकिने क्लवले जनाएको छ । क्लबका प्रथम उपाध्यक्ष अभिषेक भारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स ३ सय २५ वि टु का निवर्तमान गर्भनर एमजेएफ महेन्द्रनारायण श्रेष्ठले क्लबले शौचालय निर्माण गरेर जनस्वास्थ्यमा समेत प्रशसनिय कार्य गरेको भन्दै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सो अवसरमा सिनियर डिष्ट्रिक एडभाईजर निर्मल प्रसाद लाकौल, एम्बेस्डर अर्जुनमान सैजु, संस्थापक सुनिल ओझा, रिजन चियर पर्सन सागरराज श्रेष्ठ, निवर्तमान अध्यक्ष महेन्द्र ध्वजु, पूर्व अध्यक्ष उमाशंकर मालपानी, द्धितिय उपाध्यक्ष काजीमान श्रेष्ठ, लायन्स ग्राम संयोजक टेकसिंह थापा, क्लबका उपाध्यक्ष भरत श्रेष्ठ, सचिव हरिशंकर गुप्ता, शरजु नारायण श्रेष्ठ, प्रमोद श्रेष्ठ लगायतले बोल्दै मक्रहरमा आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने बताएका थिए । त्यसैगरी सोमबार नै सोही क्लबले स्थानीय गणेश प्राविमा अध्ययनरत २ सय ५० विद्यार्थीलाई साबुन, ब्रस र पेस्ट वितरण गरेको छ । स्वास्थ्य जनचेतना जगाउने उद्देश्यले विद्यार्थीहरुलाई उक्त सामाग्री प्रदान गरिएको संयोजक चक्र थापाले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१