चीनमा जिमेलमाथि प्रतिबन्ध !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७१, मंगलवार ०४:४७

महिनौपछिको अवरोधपछि अन्ततः चीनमा विश्वको सबैभन्दा ठूलो इमेल सेवा जिमेल अघोषित रुपमा बन्द गरिएको छ ।
चिनियाँ वाक स्वतन्त्रताको पैरवी समूह ग्रेट फायर डट ओआरजीले शुक्रबारदेखि चीनमा ठूलो संख्याका जिमेल ठेगानाहरु ब्लक गरिएको जनाएको छ । शुक्रबारदेखि बन्द गराइएको जिमेल सोमबार सम्ममा पनि संचालनमा नआएको प्रयोगकर्ताहरुले बताएको रोयटर्सले उल्लेख गरेको छ ।
ग्रेट फायरका एक सदस्यका अनुसार चीनमा गुगलको उपस्थितिलाई निर्मूल पार्ने र बाह्य बजारमा समेत यसलाई कमजोर बनाउने चीन सरकारको प्रयास स्वरुप जिमेल बन्द गराइएको हो ।gmailaचिनियाँ प्रयोगकर्तालाई जिमेलबाट बञ्चित गराउनु भनेको विश्वका अन्य भागका धेरै मानिसलाई समेत जिमेल प्रयोग नगर्न बाध्य बनाउनु रहेको उनको दाबी छ ।
गुगलले पारदर्शीता प्रतिवेदनले समेत शुक्रबार गुगलका विभिन्न सेवाहरु मध्ये जिमेलको ट्राफिक चीनबाट निकै कम भएको देखाएको छ ।
तर गुगलका प्रवक्ताले भने यस विषयमा आफुहरुलाई केही जानकारी नआएको बताएका छन् ।
गएको जुनदेखि नै चीनमा गुगलका विभिन्न सेवाहरुमा गम्भीर रुपमा अवरोध गरिँदै आएको थियो । तथापि अघिल्लो हप्तासम्म भने विभिन्न मान्धयमबाट जिमेल प्रयोगकर्ताहरुले आफ्ना इमेल निकै कठिनाइ पूर्वक डाउनलोड गर्न सम्म पाएका थिए । तर, शुक्रबारदेखि भने जिमेल प्रयोगकर्ताले पूर्ण रुपमै इमेल प्रयोग गर्न नसक्ने भएका छन् ।
चीनमा ग्रेट फायरवेल अफ चाइना नामको सबैभन्दा अत्याधुनिक इन्टरनेट सेन्सरसिप संयन्त्र रहेको छ ।
जिमेलमा गरिएको पछिल्लो प्रतिबन्धबाट चीनमा कर्पोरेट इमेल प्रणालीको रुपमा जिमेलको प्रयोग गरिरहेका चीनमा संचालित विदेशी कम्पनीहरुलाई इमेल संचारमा बाधा उत्पन्न भएको छ कम्पनीहरुलाई इमेल संचारमा बाधा उत्पन्न भएको छ ।
उता चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनइङले भने जिमेल बन्द गरिएको बारेमा आफुलाई केही थाहा नभएको र सरकार विदेशी लगानीकर्ताका लागि असल व्यवसायिक वातावरण प्रदान गर्न प्रतिबद्ध रहेको बताएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१