यसरी शरीरमा फैलिन्छ फोक्सोको क्यान्सर..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ पुष २०७१, सोमबार ०६:०१

लण्डन, फोक्सोको क्यान्सरका क्रममा क्यान्सर कोशिकाहरू कसरी शरीरका अन्य भागहरूमा फैलने गर्दछन भन्ने कुराको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन ।

यसका लागी फोक्सोको क्यान्सर कोशिकाहरूले सबैभन्दा पहिले उक्त् प्रोटीनलाइ नष्ट गर्दछन, जसले छिमेकी कोशिकाहरूलाइ एकआपसमा जोडेर राख्ने गर्दछ ।
ब्रिटेनको यूनिभर्सिटी अफ म्यानचेस्टरको क्यान्सर रिसर्च यूके म्यानचेस्टर इन्स्टीट्यूटकी प्रमुख अनुसन्धानकर्ता एन्गेलिकी मालिरीले बताए अनुसार यस अनुसन्धानमा पहिलो पटक यो कुराको खुलासा भएको छ कि फोक्सोको क्यान्सर कोशिकाहरू कसरी ‘कोशिका पुनर्चक्रण प्रक्रिया’ लाइ कब्जामा लिएर छिमेकी कोशिकाहरू बाट अलग हुने गर्दछन ।
निष्कर्षमा भएको खुलासा अनुसार कोशिकाहरूलाइ एकआपसमा जोडि राख्ने काम एक प्रोटीन (टीआईएमए1) ले गर्दछ । जब कोशिकाहरूको मर्मतको प्रक्रियामा कुनै गडबडी आउँदछ, त्यसबेला टीआईएमए 1 लाइ नष्ट गरेर ती कोशिकालाइ अलग गर्दछ । रोगी कोशिकाहरूको ठाउँमा स्वस्थ कोशिकाहरू लिने गर्दछ । तर फोक्सोको क्यान्सरको स्थितिमा यो प्रक्रिया अनियन्त्रित हुन थाल्दछ, जसको परिणाम स्वरूप टीआईएमए 1 भारी मात्रामा नष्ट हुन थाल्दछ र यस प्रकार क्यान्सर कोशिकाहरूको प्रसार हुने गर्दछ ।
रिसाइकलको यस प्रक्रियालाइ नियन्त्रित गरेर फोक्सोको क्यान्सर फैलनबाट रोक्न सकिन्छ । क्यान्सर रिसर्च यूकेका नेल बेरीका अनुसार यस प्रकारको प्रारम्भिक अवस्थाको अनुसन्धान उपाचारको खोजका लागी निकै आवश्यक छ र एक दिन यस्तो पनि आउनेछ, जब क्यान्सर कोशिकाहरूको प्रसारलाइ पूर्ण रूपमा नियन्त्रणमा लिन सकिनेछ । यसले क्यान्सरको स्थायी समाधान प्राप्त हुन सक्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१