पोखरा । नेपालका लागी भारतीय राजदुत रन्जित रेले पोखराबाट भारतसम्म सिधा हवाई सेवा संचालन गर्न सके भारतीय पर्यटक अझै बढन सक्ने बताए । अाजदेखी पाेखरामा शुरु भएकाे १६ औ पोखरा सडक महोत्सवको उद्घाटन गदै, उनले पर्यटन विकासका लागी आवश्यक पूर्वाधार महत्वपूर्ण रहेको बताउदै पोखराको पर्यटन क्षेत्रको विकासका लागी भारतीय सरकार तयार रहेको उल्लेख गरे । ‘पोखराको पर्यटनको विकासका लागी मास्टर प्लान निर्माण गरेर जानुपर्ने र त्यसका लागी सहयोग गर्न तयार छ ।’ उनले नेपाल भारत खुल्ला सिमा रहेको बताउदै सिमा क्षेत्रमा समस्या रहेको बताए । उनले सिमा समस्या रहेकाे र त्यसलाई समाधान गर्न जरुरी रहेको समेत बताए ।
राजदुत रेले पोखराको पर्यटन विकासका लागी सरकार, नीजि क्षेत्र र भारत सरकार विच त्रिपक्षीय सम्झौता हुन सके थप फाइदा पुग्नेमा जाेड दिए । उनले नेपाल र भारतीय जनता विच सांस्कृतिक सिक्ने अवसर समेत सडक महोत्सवले दिएको बताए । उनले पोखरा सुन्दर शहर र तालैतालको शहर भएको बताउदै फेवाताललाई जलकुम्भी झार मुक्त बनाउन आफुले पहल गर्ने समेत बताए । फेवातालमा जलुकम्भीको समस्या समाधानका लागी केरलामा रहेको मेसिन त्याएर उपयोग गरेर मुक्त बनाउन सकिने भएकाले त्यसको लागी प्रस्ताव ल्याउन समेत अाग्रह गरे ।
पर्यटकिय नगरि पोखराको पर्यटकिय क्षेत्र लेकसाइड झिलिमिलि बनेको छ । रंगिविरंगि ध्वजापताकाले सडक सजिएको छ । सडक छेउका रुख तथा बोटहरुमा झिलिमिली बत्ति हालिएका छन् भने सडकको वारीदेखि पारिसम्म विभिन्न रेष्टुरेण्ट तथा होटलहरुले स्वागतद्वार बनाएका छन् ।
अंगे्रजी नयाँ वर्ष २०१५ का अवसरमा रेवान पोखराको आयोजनामा लेकसाइडमा १६ औं पोखरा सडक महोत्सव शुरु भएको छ । महोत्सव आयोजना तथा लेकसाइडका स्थायिनहरुले यसैको अवसरमा लेकसाइडलाई यसरि सजाएका हुन् । पाँच दिन सम्म चल्ने महोत्सवको भारतिय राजदूत रणजीत रायले उद्घाटन गर्नुभयो । उद्घाटन अगाडी े हल्लनेचोकबाट विभिन्न साँस्कृतीक झाँकि सहितको ¥यालि निकालिएको थियो ।
प्रतिक्रिया