बर्दिया जिल्लामा तालिमको भरमा (आइसीटी) कम्पियुटर शिक्षा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०६:२९

download (1)सन्दिप कुमार बैश्य/बर्दिया   १३ पौष ।
बर्दिया जिल्ला भरि रहेका बिद्यालयहरु मध्ये सूचना, सञ्चार र प्रविधि (आइसीटी) कम्पियुटर शिक्षा लागु भएका बिद्यालयमा बिद्यार्थीहरु लाई तालिमको भरमा (आइसीटी) कम्पियुटर शिक्षा पढाई रहेको पाईएको छ । जुन सुकै क्षेत्रमा (आइसीटी) कम्पियुटर सम्बन्धी ज्ञान नभई नहुने हुदाँ पनि सिकाई तथा तालिमको भरमा (आइसीटी) कम्पियुटर कक्षा संचालन भईरहेको छ । जिल्लामा रहेका नि.मा.बि तथा मा.बि गरि ९७ बिद्यालय मध्ये ९० बिद्यालयमा (आइसीटी) कम्पियुटर बिषयको कक्षा संचालन भईहरेको छ तर पनि उक्त बिद्यालयहरुमा (आइसीटी) कम्पियुटर शिक्षा बिषयका बिषयगत शिक्षक नहुँदा (आइसीटी) कम्पियुटर बिषयको बारेमा बिद्यार्थीहरु प्रयाप्त मात्रमा ज्ञान हासिल गर्न सकेका छैन्न । (आइसीटी) कम्पियुटर शिक्षा संचालित गरिरहेका ९० बिद्यालयहरुमा सोही (आइसीटी) कम्पियुटर शिक्षा बिषयका दक्ष शिक्षक नभई अन्य अग्रेजी , नेपाली , स्वस्थ्य लगायतका बिषय लिई पढेका र केही महिना प्राईभेट इन्चीच्युट बाट तालिम लिएका ब्यक्तिहरु तालिमको भरमा (आइसीटी) कम्पियुटर बिषय पढाउदा अधिकांस बिद्यार्थीहरु नबुभ्mने हुदाँ बिद्यार्थीहरुको जीवन संग खेलवाड भईरहेको अभिभावकहरु बताउछन् । अधिकांस (आइसीटी) कम्पियुटर शिक्षा लागु भएका बिद्यालयहरुमा सो बिद्यालयमा (आइसीटी) कम्पियुटर बिषय पढाउनका लागि नियुक्त गरिएक कर्मचारी बिद्यालयको प्रशसनिक काम काज हेर्ने तथा नि.मा.बि , मा.बि तहमा (आइसीटी) कम्पियुटर शिक्षा अध्यापन गराउने हुदाँ प्रयाप्त मात्रामा पढाउने समय नदिनुका साथै प्रभावकारी तारिकाले पढाउन नसक्दा बिद्यार्थीहरु दोधरमा परेका छन् । स्रोतका अनुसार (आइसीटी) कम्पियुटर शिक्षा लागु भएका कुनै पनि बिद्यालयले (आइसीटी) कम्पियुटर शिक्षा बिषयका शिक्षक राख्न हाल ती शिक्षकहरु लाई निजी वा पि.सि.एफ कोटामा राखिने ब्यवस्था रहेको छ । आइसीटी) कम्पियुटर शिक्षा लागु भएका बिद्यालयहरुले आइसीटी) कम्पियुटर शिक्षा बिषयका बिषयगत शिक्षक भएक कि नभएको तथ्याङ्क जिल्ला शिक्ष कमर्यालयमा नबुझउदा कति बिद्यालयमा आइसीटी) कम्पियुटर शिक्षाका बिषयगत शिक्षक छन छैनन् यसको यकिन तथ्याङ्क कार्यालय संग नभएको हो । (आइसीटी) कम्पियुटर शिक्षा बिषयका शिक्षकहरु लाई (आइसीटी) कम्पियुटर शिक्षा लागु भएका बिद्यालयहरुमा सरकारले तत्काल ब्यवस्थापन गर्नु पर्ने अभिभावकहरु माग समेत गरेका छन् । (आइसीटी) कम्पियुटर शिक्षा लागु भएका बिधालयहरु जमुनीमा ३ ओटा , गुलरिया नगरपालिकामा ८ , बेलवामा ४ , मैनापोखरमा ३ , ढोढरीमा २ , सुर्यपटुवामा २ , बगनाहामा ३ , पदनाहामा ३ , डेउढाकलामा ५ , शिवपुरमा १ , मोतीपुरमा ६ , कालिकामा ४ , धधवारमा ६ , महम्मदपुरमा १ , बानियभारमा ३ , मगरागाडीमा ३ , ठाकुरद्धारामा २ , सानोश्रीमा ४ , सोरहवामा ३ , तारातालमा २ , नेउलापुरमा ४ , बदालपुरमा ३ , पाताभारमा ३ , खैरीचन्दनपुरमा १ , पशुपतिनगरमा १ , भिम्भापुरमा २ , मनाउमा १ , गोलामा २ , राजापुरमा २ , मानपुरटपरा १ , दौलतपुरमा १ र नयाँगाउमा १ गरि ९० ओटा बिद्यालयहरु छन् । सरकारले (आइसीटी) कम्पियुटर शिक्षा बिषयको लागि हाल दरबन्दीको ब्यवस्था नगरेको हुदा पनि (आइसीटी) कम्पियुटर शिक्षा बिषयका बिषयगत शिक्षकको पहुच नभएको जिल्ला शिक्षा कार्यालय बर्दियाका जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाहले बताउनु भयो । जिल्लाको अधिकांस बिद्यालयमा (आइसीटी) कम्पियुटर शिक्षा बिषय लगायत अन्य बिषयका पनि बिषयगत शिक्षक नरहेको स्रोतले बताएको छ । प्रधानध्यापक र बिद्यालय ब्यवस्थापन समितीको मिलोमतोमा बिषयगत शिक्षक नराखिएको हो । नाताबाद कृपाबादको कारणले पनि आफ्नै मान्छे राख्न खोज्दा बिषयगत शिक्षक नभएका हुन् । ग्रमिण क्षेत्रका अधिकांस बाबु आमा (अभिभावक) समान्य पढे लेखेका कारण पनि यस्ता कुरा हरु बाहिर आउन नसकेको हो जस कारण त्यस्ता ब्यक्तिहरु टिकी रहन्छन् । यता जिल्ला शिक्षा कार्यालयका शिक्षा अधिकारी शाहले भने कुनै पनि बिद्यालयबाट यस प्रकारकोे उजुरी नपरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१