पत्‍नीलाई अनुमति, प्रेमिकालाई बन्देज !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०५:३१

नयाँदिल्ली : ‘वेग्स’ अर्थात् ‘ वाइफ एन्ड गर्लफ्रेन्ड’को जहिले पनि खेलकुदमा चर्चा हुने गर्छ। यस्तै प्रसंग भारतीय क्रिकेटमा यति बेला चुलिएको छ। अहिले भारतीय क्रिकेट टोली अस्ट्रेलिया भ्रमणमा छ। पहिलो दुई टेस्टमा हार भोगेपछि निराश बनेको भारतीय टोलीका खेलाडीले थोरै भए पनि खुसीको खबर पाएका छन्।patnilaiखेल्नका लागि विदेश जाँदा भारतीय क्रिकेटरले पत्नीलाई पनि साथमा लैजान पाउने भएका छन्, तर प्रेमिका मात्र भएका अविवाहित खेलाडीले भने भने खुसी हुनुपर्ने अवस्था छैन। अर्थात् पत्नीलाई अनुमति दिइए पनि प्रेमिकालाई भने भ्रमणमा लैजान बन्देज लगाइएको छ।

यो निर्णयबाट अहिले भारतीय टोलीको कप्तानको भूमिका निर्वाह गरिरहेका विराट कोहलीलाई सबैभन्दा घाटा भएको छ। कोहलीकी प्रेमिका अनुष्का शर्मा उनीसँग विदेश भ्रमणमा जान पाउने छैनन्।

अनुष्का बलिउडकी चर्चित अभिनेतृ पनि हुन्। शिखर धवन, मुरली विजय, चेतेश्वर पुजारा, रविचन्द्रन आश्विन, उमेश यादव र कप्तान महेन्द्रसिंह धोनीका पत्नीले भने भारतीय टोलीसँगै रहेर खेलाडीको हौसला बढाउन पाउने छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यसअघि भारतीय खेलाडीका पत्नी र प्रेमिकालाई टोलीसँग विदेश भ्रमणमा जान रोक लगाएको थियो। नयाँ नियम लागू भएपछि भने खेलाडीले पत्नीलाई लैजाने अनुमति पाउने छन्।

भारत चार खेलको शृंखलामा २-० ले पछाडि छ। यस्तो अवस्थामा खेलाडीलाई पत्नीको साथले कस्तो फाइदा पु:याउला त्यो भने प्रतीक्षाको विषय बनेको छ। –एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१