बाराक ओबामा बाँदर हुन्ः उत्तर कोरिया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०५:१७

पोयङ्याङ – उत्तर कोरियाले अमेरिकाका राष्ट्रपति बाराक ओबामामाथि फेरि एकपटक क्षुद्र टिप्पणी गर्दै उनलाई बाँदरको संज्ञा दिएको छ । यसका साथै उत्तर कोरियाले अमेरिकाले ‘द इन्टरभ्यु’ फिल्मलाई लिएर उनको देशमा इन्टेरनेटमा रोकावट निम्त्याएको आरोप लगाएको छ ।   युएसए टुडेका अनुसार उत्तर कोरियाले सोनी पिक्चर्समा साइबर अट्याकमा आफ्नो भूमिका नरहेको बताउँदै फिल्ममा किम जोंग उनको हत्याको षड्यन्त्रलाई हाँसो बनाएको बिरोध जनाएको छ । सोनी पिक्चर्सले प्रथमतः फिल्मको रिलिजका लागि मनाही गरेको थियो तर अमेरिकी राष्ट्रपति बाराक ओबामाको आलोचनापछि यसलाई यो हप्ता रिलिज गरेको थियो । शनिबार उत्तर कोरियाको नेशनल डिफेन्स कमिशनमा उत्तर कोरियाले भन्यो , ‘‘द इन्टरभ्यु’ को रिलिजको पछाडि ओबामाको हात छ । ओबामा सधैभरि संसारमा भौँतारिरहन्छन् र उनको काम भूमध्य जंगलको बाँदरजस्तो छ ।’ उनले फिल्मलाई अवैध, बेइमान र भड्काउ बताएका छन् ।   उनले थप आरोप लगाउँदै भने, ‘सोनी ह्याकिंग पछि अमेरिकाले उत्तर कोरियाको वेभसाइटमाथि लगातार हमला गर्यो जसका कारण इन्टरनेट सेवा बन्द रह्यो । ’   यद्यपी यो विषयमा ह्वाइट हाउसबाट केहि पनि टिका टिप्पणी आएको छैन । दुबै देशका बिच सन् १९५०–५३ पछि तनावको स्थिति कायम छ । उत्तर कोरियाको मिसाइल र परमाणु कार्यक्रमको विषयमा अमेरिकाले आपत्ति जनाउने गर्दछ ।

प्रतिक्रिया