किन हुन्छ हृदयघात ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०५:११

बुटबल । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले खराब जीवनशैलीका कारण युवावस्थामा हृदयाघात हुने क्रम बढेको बताएका छन् । उनले युवावस्थामा हुने ९८ प्रतिशत हृदयाघातको कारण धूमपान भएको बताए । उनले सरकारी क्षेत्रबाट राजधानी बाहिर विशेषज्ञसहितको स्वास्थ्यसेवा प्रदान गर्न नसकिरहेको अवस्थामा समुदायको तहबाट सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले यस क्षेत्रका मुटुका बिरामीलाई सेवा प्रदान गर्नु उदाहरणीय कार्य भएको बताए । अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा आउने बिरामीलाई पैसा नभएका कारण मर्न नदिने प्रतिबद्धता व्यक्त गर्दै एक वर्षको अवधिमा अस्पतालले १० हजारभन्दा बढी बिरामीलाई विशेषज्ञसहितको सेवा प्रदान गरेको जानकारी दिए । अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमले अस्पतालले रोग लागिसकेपछि उपचार गर्नेसँगै रोग लाग्न नदिन सचेतना फैलाउनु पनि अस्पतालको दायित्व भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१