जानिराखौ:औषधि गुण भएका बाली

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ पुष २०७१, आईतवार ०४:५२

हामीले खेती गर्दै आएका र खानामा प्रयोग गर्ने गरेका धेरै बाली बिरुवामा औषधिको गुण पाइन्छ । तिनले मानव स्वास्थ्य कायम राखी शरीर स्वस्थ राख्न ठूलो लाभ पुर्‍याइरहेका हुन्छन् । वनस्पतिजन्य उपजका औषधि स्वास्थ्यका लागि बढी हितकर हुन्छन् । त्यस्ता बाली बिरुवा चिनेर तिनको महत्त्व बुझेर सेवन गर्दा धेरै थरीका रोगबाट बच्न सहयोग पुग्दछ ।

तिनीहरूलाई आयुर्वेदले सिद्ध गरेको र आधुनिक अनुसन्धानले पनि पुष्टि गरेको पाइन्छ । औषधिजन्य कृषि बालीहरू तरकारी, मसला, खाद्यान्न, फलफूल, तेलबाली, दालबाली सबै समूहमा पर्दछन् । सबै बालीका तयारी औषधिहरूको नाम पनि यहाँ सकभर दिने प्रयत्न गरिएको छ । आयुर्वेदीय पसलहरूमा खोजेर प्रयोग गर्ने काम यहाँहरूकै हातमा छ । कुन बालीबिरुवाको कुन रोगमा लाभ पुर्‍याउने शक्ति वा गुण पाइन्छ सोको संक्षिप्त जानकारी यहाँ प्रस्तुत छ ।

तरकारी बाली

तरकारीमा करेला, कुरिलो, पालुङ्गो, मूला, लुँडे, बेथेमा स्वास्थ्यवर्द्धक तत्वहरू प्राप्त हुनुको साथै तिनबाट आयुर्वेदीय उपचार हुनसक्छ ।

करेलाः यसको फलको बोक्राको रस मधुमेहका रोगीलाई लाभदायी छ । यसले रुचि बढाउँछ र ज्वरोमा पनि फाइदा गर्छ ।

मूलाः यसको सबै भाग अरुचि, अजीर्ण, कब्जियत, ग्यास्टि्रक, कामला -जण्डिस), मूत्रकृच्छ -पिसाब पोल्ने), चर्मरोग सबैमा लाभदायक छ । खानेकुरा पचाउन र आँखाको ज्योति बढाउन मद्दत गर्छ । पेटसम्बन्धी रोगलाई फाइदा गर्छ । तयारी औषधिः शुष्कमूलाद्य तैल, शुष्कमूलाद्य घृत ।

पालुङ्गोः यसको पञ्चाङ्ग -पूरै बिरुवा) तरकारीमा चम्सुरसँग मिसाएर पकाउने चलन छ र स्वादिष्ट मानिन्छ । पाण्डु

-रक्तअल्पता), मूत्रकृच्छको लागि फाइदाजनक छ र कामलामा पथ्य मानिन्छ ।

भेडे खुर्सानीः सलाद र तरकारी खान बाहेक पिरो खाले प्रजातिले पिसाब खुलाउन र त्वचा -छाला) मुलायम बनाउन सहयोग गर्दछ ।

बेथेः खेतबारीमा उम्रेको बेथेको साग तरकारी खान उपयोग गरिन्छ । पञ्चाङ्ग रक्त अल्पता, रगत बग्ने, कृमी -जुका परेको) को लागि उपयोगी छ ।

कुरिलोः जरीबुटीजन्य कुरिलोको कन्द पौष्टिक र तागतिलो -बल्य, टनिक) हुन्छ, दूध बढाउन मद्दत गर्छ । अम्लपित्त र हृदयरोगमा लाभ दिन्छ । यौन शक्तिवर्द्धक मानिन्छ । तरकारी खाने कुरिलोले पनि सुत्केरीलाई दूध र तागत बढाउन मद्दत गर्छ । औषधि ः शताबरी चूर्ण, शक्तिबर्द्धक योग, शतावरी घृत, नारायण तेल ।

ब्ााँस -वंशलोचन)ः यसको तामा खाने चलन छ, जसमा फलाम पाइन्छ । घना भित्रको सेतो रस कास -खोकी), श्वास -दम), तृष्णा -प्यास लाग्ने), छर्दी -वान्ता), रक्तपित्त, जीर्णज्वर, दौर्बल्य आदिका लागि लाभदायक छ । तयारी औषधिः शितोपलादि चूर्ण, तालीसादि चूर्ण ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१