काठमाण्डौ, १२ पौष ।
देशभर छरिएर रहेका होमस्टेहरुको छाता संगठन नेशनल होमस्टे एसोसिएसन जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा (५३१÷०७१—०७२) दर्ता भएको छ । परशुराम चौधरी (बर्दीया) को संयोजकत्वमा गठित एसोसिएसनमा कृष्णप्रसाद आर्चाय (कास्की) सचिव, राजकुमार लामिछाने (भक्तपुर) सहसचिव केशवप्रसाद बडाल (काभ्रे) कोषाध्यक्ष हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा यदुमणी निरौला (संखुवासभा) भीम केसी (काठमाण्डौ) जानकीकुमारी वस्याल (पाल्पा) बद्रीलक्ष्मी गुरुङ (कास्की), शारदा आर्चाय (काठमाण्डौ) माया शेर्पा (काठमाण्डौ) सुखरत्न ब्रम्हचार्य (ललितपुर) प्रनिता तुलाधर( ललितपुर) पूर्णचन्द्र उपाध्याय (बाँके) रुपेश गुरुङ (कास्की) र सुरज बाँस्तोला (भक्तपुर) हुनुहुन्छ ।
पर्यटन वर्ष २०११ मनाउने सन्र्दभमा सरकारले होमस्टेहरुलाई औपचारिक रुपमा दर्ता गर्न थालेको थियो । पाँच विकास क्षेत्रमा पर्यटन सेवा कार्यालयबाट निशुल्क होमस्टेहरु दर्ता हुदै आएका छन् । नेपालका अधिकाशं जिल्लाहरुमा व्यक्तिगत र सामुदायिक होमस्टेहरु दर्ता भई संगठित हुने क्रममा रहेका छन् । स्थानिय कला, संस्कृति तथा रहनसहनको जर्गेनामा होमस्टेहरु कोसेढुंगा सावित हुदै छन् । पछिल्लो समय बाह्रय भन्दा आन्तरिक पर्यटकहरु होमस्टेमा रमाउन थालेका छन् । दिगो पर्यटन प्रवद्र्धन गरी स्थानिय समुदायलाई पर्यटनको लाभ पु¥याउने उदेश्य सहित गठन भएको होमस्टेहरुको प्रथम राष्ट्रिय सम्मेलन २०७१ चैत्र भित्र गर्न लागिएको संयोजक परशुराम चौधरीले बताउनु भयो ।
भुमराज तिवारी
प्रेस सल्लाहकार
नेशनल होमस्टे एसोसियसन, काठमाण्डौ
९८५११५३७०८
प्रतिक्रिया