अप्टिकल मार्क रिडरको प्रयोग वस्तुगत प्रश्नोत्तर परीक्षणमा उपयोगी बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७१, शनिबार ०७:००

images (1)

लोकसेवा आयोगले आर्थिक वर्ष २०६७÷६८ देखि वस्तुगत प्रश्नोत्तर परीक्षणमा ल्याएको अप्टिकल मार्क रिडरको प्रयोग उपयोगी बन्दै गएको छ ।

आयोगका कार्यलाई प्रभावकारीरूपमा सम्पन्न गर्ने लक्ष्यका साथ वस्तुगत प्रश्नोत्तरको परीक्षणका लागि प्रयोगमा ल्याइएको मार्क रिडरका कारण परीक्षण कार्य निकै छिटो छरितो भएको आयोगले जनाएको छ ।

आयोगका परीक्षण प्रविधि शाखाका उपसचिव खगेन्द्रप्रसाद सुवेदीका अनुसार नेपालमा लोकसेवा आयोगले आर्थिक वर्ष २०६७÷६८ मा पहिलो पटक राजपत्राङ्कित तृतीय श्रेणीको प्रारम्भिक परीक्षाको उत्तरपुस्तिका परीक्षणमा मार्क रिडरको प्रयोग गरेको थियो ।

त्यसपछि वस्तुगत प्रश्नपत्र मात्र हुने विभिन्न प्राविधिक पदहरूको उत्तर पुस्तिका परीक्षणका लागि यसको प्रयोग गरिँदै आइएको उहाँले जानकारी गराउनुभयो ।

आयोगका प्रवक्ता रुद्रप्रसाद सिटौला मार्क रिडरको प्रयोगले परीक्षाको नतिजा प्रकाशनमा निकै सजिलो बन्दै गएको बताउनुहुन्छ ।

उहाँले विगतमा दुई तीन महिनाको समय लाग्ने वस्तुगत उत्तरपुस्तिका परीक्षण कार्य मार्क रिडरको प्रयोगसँगै १५–२० दिनमा नै सम्पन्न हुने गरेको जानकारी गराउनुभयो ।

हालसम्म केन्द्रीय कार्यालयमा मात्रै मार्क रिडरको प्रयोग हुने गरेको भए पनि आगामी दिनमा क्षेत्रीय कार्यालय पनि प्रयोगमा ल्याउने तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो ।

मार्क रिडरको प्रयोगले परीक्षण कार्य प्रभावकारी हुनुका साथै जनशक्तिको वचत, कम खर्चिलो र समयको वचत आदिका कारण निकै उपयोगी बन्दै गएको सिटौलाको तर्क छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१