सत्मार्ग अभियान प्रशिक्षणमा विद्यार्थीहरुको घुइचो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७१, शनिबार ०७:२८

2 (1)दिनेश ठाकुर / नेपालगञज, १२ पौष  ।  सत्मार्ग अभियान नेपालले सत्मार्ग अभियान प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सूरु गरेको छ । धम्बोजी वाटरपार्कको शिवशङकर पार्वतीदेवि धर्मशाला प्राङगणमा पुस १३ गतेसम्म कार्यक्रम चल्ने भएको छ । राष्ट्र–राष्ट्रियता, संस्कृति, परम्परा, सभ्यता, धर्म–दर्शन, मौलिकता लगायत स्वास्थ्य, शिक्षा, शारीरिक र मानसिक विषयमा कार्यक्रममा प्रशिक्षण चल्ने छ । देशव्यापी अभियानका रुपमा पहिलो पटक नेपालगन्जमा सूरु भएको प्रशिक्षणमा सत्मार्ग अभियानका राष्ट्रिय महासचिव खेमनाथ आचार्य,सत्मार्ग अभियान नेपाल राष्ट्रिय केन्द्रिय सदस्य, विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाली का“ग्रेसका पूर्व सभासद् डा. मिठाराम विश्वकर्मा, चैतन्य कृष्ण जी, सत्मार्ग अभियान नेपाल ध्रुव अर्याल लगायतले प्रशिक्षण विभिन्न विषयमा प्रशिक्षण दिनु भयो । ध्यात्मका वैज्ञानिक, अन्तराष्ट्रिय ख्यातिप्राप्त वैज्ञानिक लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । सत्मार्ग अभियान नेपालका केन्द्रिय सदस्य, क्षेत्रिय संयोजक गोविन्द पहाडीले बताएका थिए । करिब विद्यार्थी, विुद्धजिवी, धार्मिक लगायतका जनसमुदायको उपस्थिथि थियो । विहान पाँच बजेदेखि राती दश बजेसम्म प्रशिक्षण सञ्चालन हुने छ भन्ने कुरा संयोजक पहाडीले बताएका थिए ।4

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१