काठमाडौंमा एक हजार पेशेवर चोर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार ०९:४१

theft-pकाठमाडौँ । त्रिभुवन विश्वविद्यालयका वैदेशिक सम्बन्ध तथा कुटनीति विभाग प्रमुख सहप्राध्यापक खड्ग केसीलाई बुद्धनगरबाट कीर्तिपुर जाँदै गर्दा मंगलबार राती ९ बजेतिर कीर्तिपुरमा अज्ञान समुहले आक्रणको प्रयास गरे। आफ्नै गाडीमा सवार रहेका केसीलाई कुनै चोट पटक नलागेपनि राजधानीभित्रै आक्रमणको प्रयास भएपछि यहाँको शान्ति सुरक्षाप्रति सन्तोस गर्न नसक्ने निष्कर्ष निकाले।

यही आइतबार नैकापस्थित दुईओटा घरमा चोरी भयो। चोरी भएमध्येको एउटा घरबाट करिब १० तोला सुन र रु ७५ हजार नगद चोरी भएको पीडित जनक गोपालीले बताए। गोपालीको घरमा चोरी भएको आधा घण्टा बित्न नपाउँदै सोही दिन अर्को घरबाट केही नगद र गहना चोरी भयो। नैकापमै फेरि मंगलबार दिउँसो साधुराम पौडेल, देवेन्द्र थापालगायतको ४ ओटा घरमा केही सुन चाँदी र लगभग १५ हजार रुपैयाँ नगद चोरी भयो। कामको सिलसिलामा सबै मुख्य बजारतिर निस्केको मौका पारेर चोर छिरोको स्थानीय विकास ढकालले जानकारी दिए।
पछिल्लो समय राजधानीमा चोरीका घटना निकै सार्वजनिक हुने गरेका छन्। प्रहरीले चोर पक्राउ गरेका समाचार पनि आइरहेका छन्। तर घटना भने कम भएको छैन। प्रहरी तथ्यांकमा चोरीका घटना कम भएको देखिएपनि व्यवहारमा भने त्यस्तो अनुभव गर्न नपाइएको पीडितले बताएका छन्।
काठमाडौंमा करिब एक हजारभन्दा बढी पेशेवर चोर रहेको काठमडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्की बताउँछन्। ती मध्ये अधिकांशलाई प्रहरीले पक्राउ गरी जेल चलान गरिसकेको उनले बताए। ‘विगतको तुलनामा अहिले चोरीका घटनामा निकै कमी आएको छ,’ उनले भने, ‘तर जसको चोरी भएको हो उसलाई त सय प्रतिशत नै लाग्छ।’ कार्कीले प्रहरी तथ्यांकमा चोरीको घटना सयबाट ८५ प्रतिशतमा घटेको बताए।
उनले प्रहरीले चोरलाई पक्राउ गरी जेल चलान गरेपनि त्यही चोर जेलबाट निस्केर पुन: चोरीमा संलग्न हुने गरेको यथार्थ सुनाए। ‘जेल भनेको त सुधारगृह पनि हो नी,’ उनले भने, ‘ तर जेलबाट छुटेको चोर फेरि चारीमा संलग्न हुन्छ भने त्यसतर्फ राज्यले ध्यान दिनुपर्छ।’ उनले चोर पक्राउ गरेर जेल हाल्दा अर्को चोर जेल सजाय पुरा गरेर निस्कने र पुन: चोरीमा संलग्न हुने गरेको उनले बताए। ‘त्यसलाई नियन्त्रण गर्न कानुन पनि कडा हुनुपर्छ,’ उनले भने। कुनै पनि व्यक्ति चोरीमा संलग्न भएर जेल गएपछि उसले अपनाएको बाटो लगत रहेछ भनेर पश्चताप गर्नुको साटो जेलबाट निस्केपछि फेरि चोरीमा संलग्न हुनुले जेलको अवस्था कस्तो छ भन्ने देखाउने उनले बताए। ‘जेललाई सुधारगृहको रुपमा विकास नगरेसम्म समस्याको हल हुँदैन,’ उनले भने, ‘ चोरीको घटना नियन्त्रण गर्न समाज नै चनाखो हुनुपर्छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१