पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ । विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले अस्ति मंगलबार अन्टार्टिका महाद्धीपको सर्वोच्च शिखर भिन्सन म्यासिफको चुचुरो चुमेर नयाँ विश्व कीर्तिमान स्थापना गरेको हो ।
टोलीकी संयोजक शैली बस्नेतका अनुसार चार हजार ८ सय ९२ मिटर अग्लो शिखर आरोहण गर्नेमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, माया गुरुङ र निम्डोमा शेर्पा रहेका छन् । महिला मात्र सम्मिलित टोलीले सातै महादेशका सर्बोच्च शिखरको सफलतापुर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेको हो ।
समावेशी टोलीले यसअघि अष्टे«लिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकाका सबैभन्दा अग्ला हिमशिखरको सफल आरोहण गरेको थियो ।
प्रतिक्रिया