चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार ०९:३६

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमणको क्रममा विहीबार काठमाडौं आइपुगेका छन् । सात सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गदै नेपाल आएका वाङ सन् २००८ पछि नेपाल भ्रमण गर्ने चिनियाँ विदेशमन्त्री हुन् ।

वाङ शुक्रबार हुने द्धिपक्षीय परराष्ट्र मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । यस्तै, नेपाल भ्रमणक्रममा वाङले मीनभवनस्थित निजामती अस्पताललाई सहयोग हस्तान्तरण गर्नेछन् ।

उनले शुक्रबार राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालालगायतका शीर्ष नेतालाई भेट्ने कार्यक्रम छ । भेटवार्तामा द्धिपक्षीय हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने भ्रमणको क्रममा विहीबार काठमाडौं आइपुगेका छन् । सात सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गदै नेपाल आएका वाङ सन् २००८ पछि नेपाल भ्रमण गर्ने चिनियाँ विदेशमन्त्री हुन् ।

प्रतिक्रिया