शुक्रग्रहमा मानव बस्ती बनाउँदै नासा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार ०८:३५
वासिङ्गटन, नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले अब मंगल ग्रह पछि भेनस अर्थात शुक्र ग्रहको जमिन भन्दा ५० किलोमिटर माथि एक स्थायी मानव कलोनी बसाउने तयारी गरेको छ । भर्जिनियाको लाङ्गरे रिसर्च सेन्टरका स्पेस मिशन समीक्षक डेल आरने र क्रिस जोन्सले बताए अनुसार मंगलमा जानु अघिनै भेनसमा मानवहरू पठाउन सकिनेछ ।
नासाको हाई एल्टिट्यूड भेनस अपरेशनल कन्सेप्ट (हेभोक) मिशनको उद्देश्य यस ग्रह र यसको वातावरणका बारेमा पत्ता लगाउनु हो । अनुसन्धानकर्ताहरूका अनुसार भेनसको माथिल्लो वातावरण केही केही पृथ्वी जस्तै रहेको छ । सतहबाट करीब ५० किलोमीटर माथि शुक्रको वातावरणमा प्रेशर र पृथ्वीभन्दा केही कम ग्रेभिटी रहेको छ । अनुसन्धानकर्ताहरूले बताए अनुसार एस्ट्रोनट्स शुक्रमा रेडिएशनबाट बनि बाच्न सक्नेछन ।

स्मरणीय छ भेनस (शुक्र) लाइ पृथ्वीको तुलनामा करीब ४० प्रतिशत सोलर पावर धेरै प्राप्त हुने गर्दछ, त्यस्तै मंगललाइ भने करिब २४० प्रतिशत आईईईई को एक रिपोर्टमा जनाइए अनुसार पृथ्वीबाट शुक्र ग्रहमा मिशन पठाउन करिब ४४० दिन लाग्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१