कोमामा पुर्याउन सक्छ लामखुट्टे मार्ने स्प्रे ले !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार ०८:२४
नयाँ दिल्ली ५० बर्षकी एक महिलालाइ बेहोशीको अबस्थामा अस्पतालमा भर्ना गरियो । उनलाइ फीवर थियो र लगातार दुइ दिनदेखि बेहोस थिइन । मेडिकल टेस्टबाट के थाहा भयो भने उनलाइ हरपीस इन्सेफलाइटिस टाइप वन नामको रोग थियो । बताइए अनुसार यी महिला गत ७ दिनदेखि लामखुट्टे भगाउनका लागी एक स्प्रे को प्रयोग गरिरहेकी थिइन ।
यस कारणले उनको किडनीमा मात्र नभै मुटु र लिभरमा समेत यसको असर देखिएको थियो । उपचारका क्रममा उनी दुइ पटक सेमी कोमा मा पुगेकी थिइन । १७ दिनको उपचारपछि बल्ल उनी ठिक भइन तर उनको उपचार गर्ने ङक्टरहरूले धेरै मात्रामा लामखुट्टे भागउनका लागी स्प्रेको यूज गर्न नहुने बताएका छन । मेक्स अस्पताल का न्यूरोलोजिस्ट डा. पुनीत अग्रवालका अनुसार ती महिलालाइ ब्रेन फीवर भएको थियो । यस रोगमा ज्वरो ब्रेन सम्म पुग्दछ । जब टेस्ट गरियो अनि थाहा भयो कि उनी गत ७ दिनदेखि लामखुट्टे भगाउनका लागी स्प्रे को यूज गरिरहेकी थिइन ।
धेरैजसो यस्तो त्यतिबेला हुन्छ जब घरमा कम मानिसहरू हुन्छन । यस स्प्रेका कारणले उनलाइ समस्या हुन थालेको थियो, पछिल्लो २ दिनदेखि उनलाइ चक्कर आउन थालेको थियो । सीवियर भाइरल इन्फेक्शनका कारण उनको ब्रेनमामें क्लट बन्न थालेका थिए । जसका कारण उनको किडनी र हार्टमा यसले असर पुर्याएको थियो ।
यद्दपी डक्टरहरूले लामखुट्टे भगाउने उक्त स्प्रेका कारण ब्रेन फीवरसंग डाइरेक्ट कनेक्शन भने नहुने बताएका छन, तर यसको धेरै प्रयोग गर्दा टक्सिटी बन्दछ र शरिर भित्र इन्फेक्शन भने हुन सक्ने बताएका छन । यसले शरिरको साथै ब्रेनलाइ समेत इफेक्ट गर्न सक्दछ । यसैले यस प्रकारका स्प्रेको प्रयोग कम गर्नु पर्ने र गरेमा पनि सातामा एक पटक मात्र गर्न सल्लाह दिएका छन । त्यसैगरि बालबालिकाहरूको अगाडी यो प्रयोग गर्दा यसले निकै हानी पुर्याउने समेत डक्टरहरूले बताएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१