नहरमा शिक्षिका मृत भेटिइन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ पुष २०७१, बुधबार १६:११

dath1

नुवाकोट ,९ पौष।  नुवाकोटको कविलास गाविसमा एक शिक्षिका सिचाइँको नहरमा मृत भेटिएकी छन् । सदरमुकाम विदुरबाट २५ किलोमिटर पुर्वमा रहेको कविलास–५ कांडेपानीको सिमरा सिचाइँ नहरमा बुधबार २२ वर्षीया शिक्षिक सरस्वती गिरी मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको ।

कविलास–६ गुठीथोक निवासी शिक्षिका गिरी एक वर्षदेखि खरानीटारमा रहेको निजी विद्यालयमा अध्यापनरत थिइन् ।

मंगलवार साँझ पाँच वजे विद्यालयबाट घर जान हिँडेकी गिरीले शहरेटार बजारमा विस्कुट र चिनी किनेकी थिइन् । सामान लिएर हिँडेकी उनी घर नपुगेपछि खोजी गर्दा सिमरा सिचाइँको नहरमा मृत फेला परेकी स्थानीयवासी वैकुण्ठ मिश्रले जानकारी दिए ।

शिक्षिकाको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा लगिएको प्रहरी निरीक्षक ऋषिकुमार ढुंगानाले जानकारी दिए । घटनाको अनुसन्धान जारी रहेको ढुंगानाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१