विद्यार्थी एकै साथ बिरामी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ पुष २०७१, मंगलवार ११:३७

परासी,८ पुस   । नवलपरासीको तम्सरियामा रहेको लोक सेवा उच्चमावि वसन्तपुरमा अध्ययनरत १० विद्यार्थी एकै साथ बिरामी भएका छन् ।

विद्यार्थीमा रुने, कराउने, उफ्रने समस्या देखिएका छन् । सुरुमा केही विद्यार्थीमा देखिएको समस्या केही समयपछि अन्य विद्यार्थीमा समेत देखापरेको थियो । यस्तो समस्या देखिएका बिरामीलाई उपचारका लागि अहिले मध्यबिन्दु सामुदायिक अस्पतालमा ल्याइएको छ । १४ देखि १८ वर्ष उमेर समूहका युवतीमा देखिने यस्तो समस्या मास हिस्टेरिया भएको अस्पतालका चिकित्सक किरण सोतीले बताउनुभयो ।

मास हिस्टेरियाको समस्या समूहमा बस्नेहरूमा बढी देखिने हँुदा बिरामीलाई छुट्टाछुट्टै राखेर उपचार गरेको अस्पतालले जनाएको छ । बिरामीमध्ये तीनजना सञ्चो भएर अभिभावकको जिम्मा लगाई घरमा पठाएको र सातजनाको उपचार भइरहेको जानकारी विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले दिनुभयो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१