पर्सामा झन्डै असी हजार नागरिक निरक्षर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ पुष २०७१, मंगलवार ११:३४

पर्सा,८ पुस  । पर्सामा अझै पनि करिब ८० हजार नागरिक निरक्षर रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ ।जिल्ला शिक्षा कार्यालय पर्साको समन्वयमा र अनौपचारिक सेवा केन्द्र सानोठिमी भक्तपुरले सोमबार वीरगन्जमा आयोजना गरेको साक्षर नेपालको विशेष अन्तरक्रियात्मक कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । download

कार्यक्रममा अनौपचारिक सेवा केन्द्रका उपनिर्देशक बद्रीप्रसाद पौडेलले पर्सामा अझै ७६ हजार १६ सर्वसाधारण साक्षर हुन नसकेको बताउनुभयो । उहाँले नेपालभर हालसम्म सातवटा जिल्ला पूर्ण रूपमा साक्षर जिल्ला घोषणा भएको र १० नगरपालिका तथा ६३१ वटा गाविस पनि साक्षर घोषित भइसकेको जानकारी दिनुभयो ।

सरकारले आगामी वर्ष सन् २०१५ सम्ममा पर्सा जिल्लासहित सम्पूर्ण देशलाई नै साक्षर घोषणा गर्ने लक्ष्य लिएका कारण पर्सा पनि अर्को वर्षसम्ममा पूर्ण रूपमा निरक्षर उन्मूलन जिल्ला घोषणाका लागि जुट्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पर्साका शिक्षा अधिकारी बरखुप्रसाद रजकले जिल्लाको ३८ गाविस र वीरगन्ज उपमहानगरपालिकाका केही वडालाई लक्षित गरी आफूहरूले विशेष साक्षरता कक्षा सञ्चालनको तयारीमा रहेको बताउनुभयो ।

कार्यक्रममा शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी गुरु सुवेदीले पर्सा जिल्लालाई साक्षर जिल्ला बनाउनका लागि तयार पारिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै सबैले मन, वचन र कर्मले यो अभियानलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष श्याम बन्जरालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीलगायतले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१