ह्वाइट हाउस र पेन्टागनमाथि आक्रमण गर्ने उत्तर कोरियाको धम्की

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ पुष २०७१, मंगलवार ०९:४४

kimjong-unएजेन्सी – सोनी पिक्चर्समा भएको साइबर हमलालाई लिएर जारी तनावबीच उत्तर कोरियाले अमेरिकामाथि हमला गर्ने धम्की दिएको छ । तथापी यो हमला कस्तो हुनेछ भन्नेचाहिँ स्पष्ट छैन ।

सोमबार आक्रामक वक्तव्य जारी गर्दै उत्तर कोरियाले ह्वाइट हाउस तथा रक्षा मन्त्रालय पेन्टागन र अमेरिकी भूमिमाथि हमला गर्ने धम्की दिएको हो । उत्तर कोरियाले सोनीमाथि भएको साइबर आक्रमणमा प्योङयाङको हात रहेको भन्ने अमेरिकी दाबीको खण्डनसमेत उसले गरेको छ ।

सोनीको रिजिल हुन बाँकी एउटा चलचित्र ‘इन्टरभ्यु’ मा उत्तर कोरियाका नेताको काल्पनिक हत्या देखाइएको छ । जसबाट रुष्ट भएर उसले सोनीमाथि आक्रमण गरेको अमेरिकाको बुझाइ रहेको छ । त्यसो त उत्तरले अमेरिकामाथि लामो समयदेखि धम्की दिँदै आएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया