रियल मड्रिडले जित्यो क्लब वर्ल्डकप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ पुष २०७१, सोमबार ०८:५३
काठमाडौं । स्पेनिस जाइन्ट रियल मड्रिडले फिफा क्लब वर्ल्डकप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनल भिन्डन्तमा रियल मड्रिडले साउथ अमेरिकन च्याम्पियन सान लोरन्जालाई २–० गोल अन्तरले पराजित गरेको हो ।सन् २०१४ मा रियल मड्रिडले चार उपाधि जितिसकेको छ । च्याम्पियन्स लिग, कोपा डेल रे र युरोपियन सुपर कप उसले जितिसकेको थियो ।
मोरक्कोमा भएको फाइनल भिडन्तमा रियल मड्रिडले ३७ औं मिनेटमा सर्जिओ रोमासको हेड गोलबाट अग्रता लिएको थियो ।५१ औं मिनेटमा अर्जेन्टिनी क्लबका गोलकिपरको गल्तीको फाइदा उठाउँदै ग्यारेथ बेलले अग्रता दोब्बर पारे । यो रियल मड्रिडको सबै प्रतियोगितामा गरी लगातार २२ औं जित समेत हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१