(आइसीटी) पत्रकार विकास मञ्च बाजुरा शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ पुष २०७१, आईतवार १३:४९

bajuraबाजुरा ६ पौष ।
सूचना, सञ्चार र प्रविधि (आइसीटी) पत्रकार विकास मञ्च बाजुरा शाखाले
शुक्रबार परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । पहिलो पटक जिल्लामा शाखा विस्तार गरेको मञ्चले नवनिर्वार्चित पदाधिकारी र अन्य सरोकारवाला बीच परिचय गर्ने गरी कार्यक्रम सञ्चालन गरेको हो ।
मञ्चका अध्यक्ष गंगराज पण्डितको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमकमा
सरकारी तथा गैर सरकारी निकायका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायत अन्य
सरोकारवाला निकायको सहभागिता रहेको थियो । सचिव लक्ष्मीराज पाध्यायले
सञ्चालन गरेको कार्यक्रम आमा डेरीमा सञ्चालन गरिएको हो ।
संस्था ऐन अन्तरगत काठमाण्डौंमा दर्ता भएको मञ्चले पत्रकारिताको
व्यवसायीक विकास, प्रवद्र्धन संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने नीति
लिएको छ । अनलाईन क्षेत्रमा आवद्ध पत्रकारहरुको छाता संगठनका रुपमा गठन भएको
मञ्चले पत्रकार महासंघसँगको सहकार्य गर्दैै अघि बढ्ने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१