सिरहाका शैक्षिक संस्था राजनैतीक अखडा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ पुष २०७१, आईतवार ०८:१८

35एस.पी.गौरब/ सिरहा ६  पौष ।
सिरहामा विद्यालयलाई राजनैतीक अखडा बनाउने काम भएको छ । विद्यालयमा भएको सामान्य विवादलाई पनि विभिन्न राजनैतीक दलका संघ संस्थाहरुले राजनैतीक अखडाको रुपमा लिएर तिललाई पाहाड बनाउने क्रम पछिल्लो समयमा बढ्दो देखीएको छ । विद्यालयमा भएको सामान्य विवादलाई लिएर जिल्ला भित्रका विभिन्न तीन शिक्षकमाथि दर्ता भएको सार्वजनिक मुद्दा फिर्ता लिन सिरहाका विभिन्न आठ शिक्षक संघ÷संगठनहरुले सम्बन्धित निकायसँग माग गर्दै जिल्लाका सम्पुर्ण विद्यालय बन्द गर्ने घोषणा गरेका छन । नेपाल शिक्षक यूनियन , नेपाल राष्ट«िय शिक्षक संगठन , नेपाल शिक्षक संघ, मधेशी शिक्षक फोरम, नेपाल शिक्षक मञ्च लगायतका आठ शिक्षक संघ÷संगठनहरुले मुद्दा फिर्ता लिन अल्टिमेटम दिएपनि बेवास्ता गरेको भन्दै आईतवारदेखि जिल्लाभरका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने विज्ञप्ती मार्फत जनाएका छन ।‘मुद्दा फिर्ता नलिन आईतवारदेखि तीन दिनका लागि सांकेतिक रुपमा जिल्लाका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने र त्यती गर्दा पनि मुद्दा फिर्ता नलिए अनिश्चित कालका लागि विद्यालय बन्द गर्ने छौं आठ शिक्षक संघ संगठनहरुले संयुक्त रुपमा जारी गरेको प्रेश विज्ञप्तीमा भनिएको छ।’ब्रम्हाण गोछारीमा रहेको माध्यमिक विद्यालय हनुमाननगरमा सामान्य विवाद भएको थियो ।सोही विषयलाई लिएर वियालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरीले निमित्त प्रअ नारायण साहसहित तीन शिक्षक विरुध ईलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएका थिए ।त्यसैले उक्त मुद्दा फिर्ता लिएर छलफलको माध्यमबाट विवाद समाधान गर्न भन्दै सम्बन्धित पक्षसंग विज्ञाप्ती मार्फत आग्रह गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१