क्याम्पसका सदस्यता राजनितिक दलका भागभण्डा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ पुष २०७१, शुक्रबार १२:२९

सम्राट सिंह
बझाङ ४ पुस  । क्याम्पसका साधारण सदस्यता राजनितिक दलले भागभण्डा गरेका छन । जिल्लाको जयपृथ्वी बहुमुखी क्याम्पस भोपूरमा प्रमुख तिन दलले साधारण सदस्यता भागभण्डा गरेको हो ।
नेपाली काँग्रेस,नेकपा एमाले र एनेकपा माओवादीलाई क्याम्पसले प्रत्येक पार्टीको भागमा ५० पर्ने गरी साधारण सदस्यता वितरण गरेको एक बिद्यार्थी नेताले बताए । उनले भने २ सय सदस्यतामा पचास सदस्यता क्याम्पसले वितरण गरेको छ ।
साधारण सदस्यता बितरणका लागि सदस्यता वितरण समिति गठन गरी पुस १ गते देखि पुस २१ गते सम्म नयाँ साधारण सदस्यता वितरण गरिसक्नुपर्ने र पुराना सदस्यहरुले पनि सदस्यता नविकरण गरिसक्नुपर्ने क्याम्पस व्यवस्थापन समितिले निर्णय गरेको थियो ।
क्याम्पस व्यवस्थापन समितिका सदस्यहरुलाई साधारण सदस्यता वितरणको जिम्मा दिएको जयपृथ्वी बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष चेतराज बजालले बताए । उनले भने सदस्यता वितरणको जिम्मा दिएका व्यक्ती ३ वटै राजनितिक दलका आस्थावान भएकाले भागभण्डा गरियो भन्ने सर्बसाधारणको बुझाई भएको हो ।
जयपृथ्वी बहुमुखी क्याम्पस भोपूरमा माघ १० गते साधारण सभा बोलाउने समितिको निर्णय भएको छ । अघिल्लो साधारण सभामा पनि तीन वटा राजनितिक दलको भागभण्डामा नै क्याम्पस व्यवस्थापन समिति गठन गरिएको थियो । क्याम्पसले जगत खडका,खडक खडका र गोकर्ण बम्मलाई साधारण सदस्यता बितरणको जिम्मा दिएको छ ।
क्याम्पस प्रमुख मोहन राज उपाध्यायको संयोजकत्वमा प्रशासन अधिकृत मोहन नेपाली र क्याम्पसका स्ववियू सभापती दिपक रोकाया गरी ३ जनाको साधारण सदस्यता वितरण समिति गठन गरीएको थियो भने साधारण सदस्यता पनि समितिको संयुक्त हस्ताक्षरमा वितरण गर्ने समितिको निर्णय भएको स्ववियू सभापती रोकायाले बताए । उनले भने क्याम्पसले मनोमानी तरिकाले समितिको निर्णय विपरित सदस्यता वितरण गरेको छ ।
जयपृथ्वी बहुमुखी क्याम्पसमा झण्डै २ सय साठी पुराना र नयाँ २ सय साधारण सदस्यता गरी झण्डै ४ सय साठी साधारण सदस्य रहेका छन । सदस्यता हरेक तीन बर्षमा नविकरण गरि सक्नुपर्ने प्रावधान रहेको छ ।
क्याम्पसले समितिको निर्णय विपरित साधारण सदस्यता बितरण गरेको भन्दै शुक्रबार अखिल क्रान्तिकारीले एक विज्ञप्ती मार्फत असन्तुष्ट जनाई अनिश्चितकाल सम्म क्याम्पसमा तालाबन्दी गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१