सुविधा सम्पन्न बन्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ पुष २०७१, शुक्रबार १२:२४

नारायण रिजालP1050740

बागलुङ ४ पौष  । जिल्लाको पश्चिम बुर्तिबाङमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा सुविधा थप हुदै गएका छन । प्रस्तावित बुर्तिबाङ अस्पताल समेत रहेको उक्त केन्द्रमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा हुने सबै सेवा बाहेक थप सेवा पनि उपलब्ध रहेका छ ।
अहिले एक्सरे, भिडियो एक्सरे, इ.सि.जी, ल्याबका सम्प्ुर्ण सेवा, २४सै घण्टे सुरक्षित प्रसुति सेवा लगायतका अन्य सेवाहरु उपलब्ध गराउँदै आईरहेको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनु भयो । P1050734
स्वास्थ्य केन्द्रमा विगतका दिनहरुमा भन्दा अहिले सेवा सुविधा देखि लिएर अन्य व्यवस्थामा पनि सुधार आएको स्थानियहरु बताउँछन । बुर्तिबाङ बजारमा व्यवसाय गदै आएका स्थानिय धुव्र श्रेष्ठ भन्छन पहिले खासै केहि सुविधाहरु उपलब्ध थिएनन अहिले अस्पतालमा पाउने सबै सेवा सुविधा यहि लिन पाएका छौ । समान्य एक्सरे , भिडियो एक्सरे गर्न परेमा कि धौलागिरी अंचल अस्पताल कि पाल्पा वा बुटबल नै जानुपर्ने थियो यो समस्या अहिले हटेको छ ।
कुनै बेला डाक्टरहरु यहाँ आएर एक महिना पनि टिक्ने अवस्था थिएन अहिलेत दुई÷ दुई जना डाक्टर छन । श्रेष्ठ भन्छन स्वास्थ्य केन्द्रमा थप सेवा सुविधा थपिएपछि यहाँका जनतालाई धेरै राहत पुगेको छ ।
२०६४ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल गराउने निर्णय अनुरुप हाल अस्पताल संचालनका लागि भवनहरु निमार्ण कार्यपनि भै रहेको छ ।
ए बल्कको भवन निमार्ण संगसगै पुरा भएपछि पाथमिक स्वास्थ्य केन्द्रका सम्पुर्ण सेवाहरु सोहि भवनबाट नै प्रदान गदै आएको स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा सिजन भट्टचनले बताउनुभयो । उहाँले भन्नुभयो हामि ए बल्कको भवनबाट अहिले सेवा प्रदान गदै आएका छौ वि बलकको भवन निर्माणधिन अवस्थामा रहेको छ । १५ शैयाको अस्पताल संचालन पछि पश्चिम क्षेत्रका जनतालाई निकै सहज हुने बताईएको छ ।
स्वास्थ्य केन्द्रमा अधिकाशं सेवा लिनेमा ७० प्रतिशत भन्दा बढि महिलाहरुनै स्वास्थ्य समस्या लिएर आउने गरेका पाईएको छ । मासिक ३० जना भन्दा बढि महिलाहरु पाठेघरको समस्या लिएर आउने गरेको अस्पतालका डा मनोज सापकोटाले बताउनुभयो । गाउँघरमा पुरुषहरु घन कमाउने उद्देश्य बोकेर विदेशिने र महिलाहरु घरायसी काममा बढि जोड दिई स्वास्थ्यको राम्रो ख्याल नगर्दा र स्वास्थ्य शिक्षाको कमिले गर्दा महिलाहरुमा विभिन्न खालका समस्या देखिएको हुन सक्ने बताईएको छ ।
स्वास्थ्य केन्द्रमा हाल एक मेडिकल अधिकृत, एक स्टाफ नर्स एक हेल्थ असिस्टेन्ट ३ अ.हे.ब., ३ अ.न.मी. एक ल्याब असिप्टेन्टको दरबन्दी रहेको छ हाल एक जना अ.न.मि. बाहेक ति सबै पदपुर्ति भएको छ । साथै अहिले अस्थायी करारमा एक मेडिकल अधिकृत र एक अ.न.मी साथै स्थानिय स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिबाट एक अ.हे.ब. र एक ल्याब असिस्टेन्ट सहित १३ जना स्वास्थ्यकर्मिहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१