यस्तो भय पछी साढे तीन लाखले छाडे विद्यालय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ पुष २०७१, शुक्रबार ०८:२१

साढे तीन लाखले छाडे विद्यालय सामुदायिक विद्यालयका करिब साढे तीन लाख विद्यार्थीले एकै वर्ष पढाइ छाडेका छन् । पढाइ छाड्नेमा छात्राभन्दा छात्र धेरै छन् ।

 शिक्षा विभागले तयार पारेको ‘फ्लास-१ रिर्पोट ७१’ अनुसार देशभरका विद्यालयबाट तीन लाख ३० हजार चार सय ४५ विद्यार्थीले बीचैमा पढाइ छाडेका छन् । त्यसमध्ये एक लाख ६२ हजार तीन सय ६० छात्र छन् । विभागका अनुसार ०७० सालमा कक्षा एकदेखि १० सम्म ७१ लाख २७ हजार पाँच विद्यार्थी भर्ना भएको नयाँ पत्रिकामा खबर छ । सबैभन्दा धेरै कक्षा १ मा ७५ हजार सात सय १३ विद्यार्थीले पढाइ छाडेका छन् ।
 त्यस्तै कक्षा ८ मा ३५ हजार सात सय ७१ विद्यार्थीले छाडेका छन् । कक्षा २ मा २८ हजार एक सय ८४, तीनमा २७ हजार आठ सय ३४, चारमा ३० हजार ६८, पाँचमा २२ हजार पाँच सय ६८ले बीचैमा पढाइ छाडेको रिपोर्टमा उल्लेख गरिएको छ ।
 शिक्षा विभागको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा प्राथमिक तहमा मात्रै ६६ हजार चार सय २५ विद्यार्थी घटेका छन् । गत वर्ष प्राथमिक तहमा ४४ लाख एक हजार ८० विद्यार्थी थिए । यो वर्ष त्यो संख्या ४३ लाख ३५ हजार तीन सय ५५ मा झरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१