चिनियाँ विदेशमन्त्री अर्को साता आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ पुष २०७१, शुक्रबार ०८:१७

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी पुस १० गते नेपालको तीनदिने भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ११ गते परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसहितको नेपाली टोली र उनका चिनियाँ समकक्षी वाङसहितको टोलीबीच द्विपक्षीय वार्ता हुनेछ।
वार्तामा चीनको सहयोगमा सञ्चालित विकास आयोजनाहरूको समीक्षा गरिनेछ। ‘बैठकका लागि प्राथमिकता तय गर्ने काम सुरु भएको छ’, स्रोतले भन्यो।
विदेशमन्त्री वाङले धुलिखेलमा चिनियाँ सहयोगमा निर्माण हुने सशस्त्र प्रहरी बल तालिम केन्द्रको उद्घाटनसमेत गर्नेछन्। भ्रमणका क्रममा उनले प्रधानमन्त्री सुशील कोइराला, राष्ट्रपति रामवरण यादवलगायतसँग भेट गर्ने र चिनियाँ सहयोगबाट सञ्चालित आयोजना अवलोकन गर्ने कार्यक्रम छ।
चीनबाट विदेशमन्त्रीस्तरमा यो छैटौं भ्रमण हो। सर्वप्रथम चिनियाँ विदेशमन्त्री हुवाङ हुवाले सन् १९८१ मा नेपालको औपचारिक भ्रमण गरेका थिए भने पछिल्लोपटक गत वर्ष यही समयमा याङ जेइचीले नेपाल भ्रमण गरेका थिए।

अन्नपुर्ण पोस्टमा खबर छ

प्रतिक्रिया