१ अर्ब डलर जरिवानाबाट कसरि बच्यो एप्पल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७१, बिहीबार १३:१७

 

तिस्पर्धा विरोधी काम गरेको अभियोगमा मुद्दा खेपिरहेको अमेरिकी कम्पनी एप्पल अन्ततः निर्दोष ठहरिएको छ ।
 एप स्टोरबाट खरीद गरिएका म्युजिकलाई केवल आइपडबाट मात्र बजाउन सकिने गरी एप्पलले सन् २००६ मा आफ्ना आइट्युन्स सफ्टवेयरमा गरेको परिवर्तनसँगै एप्पलमाथि प्रतिस्पर्धा विरोधी काम गरेको भन्दै उपभोक्ताहरुले मुद्दा दायर गरेका थिए । एप्पलको कदमले अमेरिकाको एन्टीट्रस्ट कानून उल्लंघ गरेको भन्दै एप्पलका कारण ३५ करोड डलर क्षति पुगेको दाबी गरिएको थियो । मुद्दाका पक्षको रुपमा ८० लाख आइपड प्रयोगकर्ताका साथै ५ सय थोक बिक्रेता समेत राखिएको थियो ।
 ३५ करोड डलर क्षतिको दाबी गर्दै हालिएको मुद्दामा एप्पल दोषी ठहर भएको भए अमेरिकी कानून अनुसार एप्पलले तेब्बर मूल्य अर्थात् १ अर्ब डलर भन्दा बढि जरिवाना तिर्नुपथ्र्यो । मुद्दा परेको धेरै वर्षपछि क्यालिफोर्नियास्थित अदालतले एप्पलको पक्षमा फैसला गर्दै आइट्युन सफ्टवेयरको अपडेट गर्ने एप्पलको कदम प्रतिस्पर्धा विरोधी काम नभएको ठहर गरेको हो ।
एप्पल विरुद्ध मुद्दा हाल्ने उपभोक्ता तथा बिक्रेताहरुको तर्फबाट बहस गर्ने वकिलहरुले आइट्युन्सको सफ्टवेयरको प्रयोगका माध्यमबाट एप्पलले सन् २००६ देखि २००९ सम्मको अवधिमा मानिसहरुलाई आइपड प्रयोग गर्न बाध्य बनाएको र अन्य प्रतिस्पर्धी तथा रुचीका ग्याजेट किन्नबाट बञ्चित बनाएको दाबी गरेका छन् । तिब्र आलोलचना पछि एप्पलले सन् २००९ मा एप्पल स्टोरबाट डाउनलोड गरेका गीत आइपडबाट मात्र सुन्न सकिने व्यवस्था हटाएको थियो ।
 सुनुवाइका क्रममा एप्पलका संस्थापक स्टिभ जब्सले पठाएका एसएमएसलाई एप्पल विरुद्ध प्रमाणका रुपमा वकिलहरुले पेश गरेका थिए । जसमा अन्य प्रतिस्पर्धी कम्पनीलाई धरासायी पार्ने र आफ्नो आधिपत्य कायम राख्न आइट्युन्स ७ सफ्टवेयरमा अपडेट गरिएको व्यहोरा उल्लेख गरिएको थियो ।
 तर, जुरीले त्यस्ता एसएमएसलाई प्रमाणको रुपमा ग्रहण नगरी आइट्युन्सको अपडेटले उपभवोक्तालाई थप नयाँ अनुभव दिलाएको र प्रतिस्पर्धा रोक्ने काम नगरेको ठहर गरेको बीबीसीले जनाएको छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१