धुम्रपानको लत छुटाउँछ इलेक्ट्रोनिक चुरोटले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७१, बिहीबार १३:१४

 

विद्युतिय चुरोट अर्थात् इ सिगरेटले धुमपानका अम्मलीहरुलाई धुमपान त्याग्न तथा घटाउन सहयोग गर्ने एक नयाँ अध्ययनले देखाएको छ ।
 बेलायत तथा न्युजिल्याण्डका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले इ सिगरेट प्रयोगले धुमपानका अम्मलीलाई फाइदा पूराउने र उनीहरुलाई धूमपानको लत त्याग्न सहयोग पूराउने देखाएको छ । ६ सय ६२ जना अम्मलीहरुमा गरिएका दुइ परीक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो । शोधकर्ताहरुका अनुसार धुमपानका अम्मलीहरु जसले इ सिगरेट प्रयोग गर्छन् उनीहरुमध्ये ९ प्रतिशतले कम्तिमा १ वर्ष वा सो भन्दा बढि समयसम्म धुमपान त्याग्न सक्छन् ।
त्यसअघिको पहिलो परीक्षणले त्यसरी १ वर्षसम्म धुमपान त्याग्न सक्नेको संख्या ४ प्रतिशत मात्र देखाएको थियो । दुवै परीक्षणबाट प्राप्त नतिजालाई सुनौलो मापदण्ड नामाकरण गर्दै शोधकर्ताहरुले इ सिगरेटको प्रयोगले धुमपानका अम्मलीलाई धुमपान कम गर्न उल्लेखनीय सहयोग पूराएको प्रमाण समेत पेश गरेका छन् । उनीहरुका अनुसार लामो समयदेखि परम्परागत धुम्रपानका अम्मलीहरु मध्ये ३६ प्रतिशतले इ सिगरेटको प्रयोगपछि धुमपानमा ३६ प्रतिशतले कमी ल्याए ।
 धुवाँवीहिन इ सिगरेटको प्रयोगले मानिसको स्वास्थ्यमा कुनै हानी नपूराउने र त्यसले मानिसलाई धुमपानको तलतली मेटाउन सहयोग पूराउने बताइन्छ । इ सिगरेटमा निकोटिनलाई बाफको रुपमा परिणत गरी प्रयोगकर्तालाई धूमपानको अनुभुति गराउने भएकाले परम्परागत धुवाँयुक्त धुमपानको लतबाट छुटाउन मद्दत पुग्छ । शोधकर्तामध्येका एक लण्डनको क्विन म्यारी विश्वविद्यालयका प्राध्यापक पिटर ह्याजेकले थोरै संख्याबीचमा परीक्षण गरिएको हुनाले त्यसबाट प्राप्त परिणाममा कम आत्मविश्वास रहेको भएपनि नतिजा निकै उत्साहपूर्ण रहेको बताए ।
 यसलाई थप पुष्टि गर्नका लागि अझै थप अनुसन्धान तथा प्रयोगको खाँचो रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१