युरोप छिराउन काठमाडौं ट्रान्जिट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ पुष २०७१, बिहीबार ०८:२९

काठमाडौं, ३ पुस  । नक्कली राहदानीमा द्वन्द्वग्रस्त राष्ट्र सिरियाका नागरिकलाई नेपाल हुँदै युरोप छिराउने मानवतस्करी रोकिएको छैन । काठमाडौंलाई ट्रान्जिट बनाउँदै आएका तस्करले सिरियालीलाई युरोप लैजाने रुट भने परिवर्तन गरेका छन् ।

यसअघि सिरिया–टर्की–काठमाडौं हुँदै युरोप छिराउने गरेकामा पुरानो रुटमा समस्या आएपछि उनीहरुले नेपाल आउने नयाँ रुट प्रयोग गर्न थालेका हुन् ।

नयाँ रुट हो – टर्की–कतार–काठमाडौं–युरोप । टर्कीले इस्तानुवुलस्थित विमानस्थलमा कडाइ गरेपछि तस्करले नयाँ रुट अपनाएको देखिन्छ ।

‘नक्कली राहदानीमा युरोप जान हिँडेका सिरियालीले नेपाल आउने रुट बदलेका छन् । पहिले उनीहरु टर्की गई त्यहाँबाट सिधै काठमाडौं आउँथे,अहिले कतार र अन्य खाडी राष्ट्रको विमानस्थलबाट नेपाल आउने गरेको पाइएको छ,’ अध्यागमन विभागका महानिर्देशक सुदर्शन ढकालले भने,‘टर्कीको राजधानी इस्तानुवुलमा टर्किज एयरलाइन्सले कडाइ गरेपछि उनीहरुले रुट फेरेका हुन् ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया