सम्राट सिंह
बझाङ ३ पुस। विकट हिमाली जिल्ला बाजुरामा पनि आइसिटी पत्रकार विकास मञ्च गठन भएको छ । मंगलबार नेपाल पत्रकार महासंघ बाजुरा शाखाका पूर्व अध्यक्ष अर्जुन शाह तथा बर्तमान उपाध्यक्ष गगन ऐडीको उपस्थितिमा आइसिटी पत्रकार विकास मञ्च गठन गरिएको हो ।
मञ्चको अध्यक्षमा रेडियो बाजुराका पत्रकार गंगराज पण्डितको अध्यक्षतामा ७ सदस्य रहेको मञ्चगठन भएको छ भने ३ सदस्य रहेको सल्लाहकार समिति गठन भएको छ । मञ्चको उपाध्यक्षमा प्रेम रौले,सचिवमा लक्ष्मीराज पाध्या,सह सचिवमा विमला रावल र सदस्यमा मदन राज विक र हिमाल उपाध्याय रहेका छन ।
सूचना प्रविधि क्षेत्रमा प्रिन्ट,अन लाइन र विद्युतिय संञ्चार माध्यममा कार्यरत पत्रकारहरुको संस्था भएकाले पत्रकारको हकहितका लागि बुलन्द आवाज उठाउन संस्था गठन भएको मञ्चका अध्यक्ष गंगराज पण्डितले जानकारी दिए ।
मञ्चको सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघका अध्यक्ष मदनराज जोशी,प्रेस यूनियनका केन्द्रिय सदस्य दयाराम पण्डित र प्रेस चौतारीका केन्द्रिय सदस्य धर्मराज पाध्या रहेका छन ।
पत्रकारको क्षमता विकास तथा पत्रकारको हकहितका लागि आइसिटी पत्रकार विकास मञ्च जिल्ला जिल्लामा गठन गर्ने प्रक्रिया अघि बढिरहेको आइसिटी पत्रकार विकास मञ्चका केन्द्रिय महासचिव मुकुन्द ढुङगानाले बताए ।
प्रतिक्रिया