काठमाडौ,’संकास्पद गतिविधिहरूका कारण तपाइँको फेसबुक पासवर्ड बदलिएको छ । तपाइँले आफ्नो पासवर्ड पुन: प्राप्त गर्न चाहनुहुन्छ भने तपाइँले केही औपचारिकताहरू पुरा गर्नुपर्ने हुन्छ ।’यस प्रकारको कुनैपनि मेल यदि तपाइलाइ आउँदछ भने सावधान हुनुस यो मेलले तपाइँलाइ संकटमा पार्न सक्दछ । यस मेललाइ यसरी डिजाइन गरिएको छ कि पहिलो हेराइमा तपाइँलाइ भ्रम हुन्छ कि यो मेल तपाइँलाइ फेसबुकका तर्फबाट नै आयो । तर बास्तविकता यस्तो हैन ।
यद्दपी, केही सावधानीका साथमा बास्तविकता थाहा पाउन सकिन्छ । यस मेलमा यो पनि भनिएको छ कि तपाइँ कुन अपरेटिङ सिस्टम, ब्राउजर र आईपी एड्रेसको उपयोग गरिरहनु भएको छ ।फेसबुक सेक्योरिटी टीमका नामबाट जारी यस मेलमा लेखिएको छ कि तपाइँले आफ्नो नयाँ फेसबुक पासवर्डलाइ पुन: पाउनका लागी तलको लिङ्कमा क्लिक गर्नुस र फर्ममा आवश्यक जानकारी भर्नुस ।
यस लिङ्कलाइ गल्तिबस पनि क्लिक नगर्नुस अन्यथा तपाइँको सिस्टम ह्याक हुन सक्दछ र तपाइँको मेल र फेसबुक पेजमा अवान्छित तत्वहरूले कब्जा गर्न सक्दछन र त्यसको उनीहरूले दुरुपयोग पनि गर्न सक्दछन ।
प्रतिक्रिया