बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हाले आफूलाई गायिकाका रुपमा समेत अघि बढाएकी छन् । दवंगबाट बलिउडमा छाएकी सोनाक्षीले खहालै पाकिस्तानी गायक इमरान खानसँग एउटा गीत गाएर आफूमा गायन प्रतिभा पनि हाबी भएको सावित गरेकी छन् ।सानैदेखि गीत गाउने रहर भए पनि आफू त्यतातिर केन्द्रित हुन नसकेको सोनाक्षी बताउँछिन् । उनले आफूलाई निर्माता निर्देशकले अझै अभिनयका लागि मात्रै अफर गर्ने गरेकाले आफ्नो गायनकला ओझेलमा परेको उनको कथन छ ।
‘अभिनयका लागि मात्रै अफर आयो,कसैले मलाई गीत गाउन भनेन । नत्र म गाइहाल्थेँ नि’,उनी भन्छिन्,‘अहिले भने बल्ल एउटा गीत गाउने मौका मिल्यो ।’ तर उनी सधैं गीत गायर करिअरलाई गायनतिर मोड्ने पक्षमा भने छैनन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
बलिउडमा प्रियंका चोपडा, आलिया भट्टलगायत अन्य थुप्रै नायिकाले आफूलाई गायिकाका रुपमा देखाइसकेका छन् । नेपालमा पनि पछिल्लो समय नायिका प्रियंका कार्की आफ्नो स्वरमा एल्बम निकाल्ने धुनमा लागेकी छिन् ।
प्रतिक्रिया