इन्गेजमेन्टको मुडमा रणवीर–क्याट्रिना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७१, मंगलवार १३:४२
एजेन्सी ।बलिउडका चर्चित जोडी रणवीर कपुर र क्याट्रिना कैफ नयाँ वर्षसँगै ‘इन्गेजमेन्ट’ गर्ने योजनामा पुगेको खबर भारतीय सञ्चारमाध्यमले प्रेषित गरेका छन् ।रणवीर यसपालिको न्यु इअर क्याट्रिनाको परिवारसँग लन्डनमा मनाउने तयारीमा छन् ।
सोही भ्रमणकै वेला उनीहरूले इन्गेजमेन्ट गर्ने सक्ने बताइएको छ ।क्याट्रिनाकी आमाले छोरीको इन्गेजमेन्टको तयारी अहिलेदेखि नै सुरु गरेको खबर आएको छ । रणवीर र क्याट्रिना बिहे भने सन् २०१६ मा मात्रै गर्ने विचारमा छन् ।रणवीरकी आमा नितु जतिसक्दो छिटो छोराको बिहे भएको हेर्न चाहन्छिन् । त्यसका लागि उनले रणवीरलाई २०१५ को अल्टिमेटम दिइसकेकी छिन् ।त्यसैले पनि रणवीर इन्गेजमेन्ट गर्ने मनस्थितिमा पुगेको बताइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१