सुदूरमा खोपै छैन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ पुष २०७१, मंगलवार ०७:३८

बालबालिकाको स्वास्थ्य जोखिममा

महेन्द्रनगर,१ पुस । सुदूरपश्चिमका ९ जिल्लामा बालबालिकालाई दिइने निःशुल्क खोप करिब दुई महिनादेखि छैन । क्षयरोगविरुद्द दिइने बीसीजीसँगै अन्य अत्यावश्यक खोप पनि दुई महिनाका लागि मात्र बाँकी छ ।

विभागले टेन्डरमार्फत खरिद गरेपछि क्षेत्रीय मेडिकल स्टोरबाट खोप आपूर्ति हुन्छ । जनस्वास्थ्य कार्यालय डडेलधुराका खोप अधिकृत भोजराज भट्टले विभागमै अभाव रहेको जानकारी पाएको बताए । यो हरेक दुई महिनामा आपूर्ति गर्ने गरिएकामा दुई महिनायता प्राप्त नभएको जानकारी दिए । डडेलधुरामा ९० खोप केन्द्रमार्फत मासिक तीन हजार पाँच सयभन्दा बढी बालबालिकालाई नियमित खोप दिने गरिएको छ ।

बझाङमा पनि बीसीजी खोप नभएको एक महिनावितिसक्यो । जनस्वास्थ्य अधिकृत भानुभक्त जोशीका अनुसार बालस्वास्थ्य महाशाखाले पठाउने खोप धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पनि नभएको जानकारी आएको छ । बीसीजीबाहेकका खोप भने अझै एक महिना पुग्ने गरी छन्

कैलाली धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा बीसीजी भ्याक्सिन तीन महिनाअघि नै सकिएको प्रमुख लक्ष्मीबहादुर श्रेष्ठले जानकारी दिए ,आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१