दुई वर्षदेखि तलब नपाएपछि शिक्षकहरुले यसै शैक्षिक सत्रदेखि पढाउन छाडेका थिए । लामो समयदेखि अध्यापन नगराएर विद्यार्थीको विचल्ली बनाएको भन्दै परिषद्ले कलेज बन्द गर्ने निर्णय गरेको हो ।
सञ्चालकहरुलाई पक्राउ गर्नुपर्ने र आफूहरुले पढ्न पाउने वातावरण बनाउन आग्रह गर्दै विद्यार्थीहरुले बुधबार परिषद्मा निवेदन दिएका थिए । परिषद्ले बुधबार र बिहीबार कलेज अनुगमन गरेको थियो । विद्यार्थीको विचल्ली भएको विषयमा परिषद्ले शुक्रबार कलेजका प्रिन्सिपललाई नै बोलाएर छलफलसमेत गराएको थियो,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया