काठमाडौँ ,२९ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणले दैनिक थप दुई घण्टा लोडसेडिङ बढाएको छ ।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको छ । २ पुसदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको नयाँ तालिका सार्वजनिक गरेको हो ।
अबदेखि दैनिक १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ । यसअघि दैनिक ८ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
पहिरोबाट क्षति भएका विद्युत् गृह अझैसम्म संचालन हुन नसकेको र प्रणालीमा लोड अत्यधिक वृद्धि भएकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया