सार्वजनिक यातायातका चालकले फेरि ट्रायल दिएर लाइसेन्स बनाउनुपर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार १३:११

gadiकाठमाडौँ ,२९ मङ्सिर । सार्वजनिक यातायातका चालकहरुले दुई वर्षभित्र अनिवार्य रुपमा फेरि ट्रायल दिएर चालक अनुमतिपत्र लाइसेन्स बनाउनुपर्ने भएकोछ । त्यतिन्जेलसम्म भने उनीहरुले पुरानै लाइसेन्सले सवारी चलाउन पाउनेछन् ।
गत बिहीबार मन्त्रिपरिषद्बाट पारित भएको सार्वजनिक यातायत सवारी चालकसम्बन्धी नियमावलीअनुसार दुई वर्षभित्र ट्रायल दिएरु लाइसेन्स लिनुपर्ने भएको नयाँ पत्रिकामा खबर छ । नियमावलीमा दूई वर्षपछि निजी र सार्वजनिक यातायत चालकको प्रावधान लागू हुने उल्लेख गरिएको छ ।
‘सार्वजनिक यातायात चलाउनेलाई हामीले दुई वर्षको अवधि दिएका छौं,’ भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले भने, ‘दुई वर्षभित्र नयाँ प्रावधानअनुसार ट्रायल दिएर लाइसेन्स लिनुपर्ने हुन्छ । ‘
नयाँ नियमावलीअनुसार सार्वजनिक यातायातको चालक बन्न १० कक्षा पास र उमेर कम्तीमा २५ वर्ष पुगेको हुनुपर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१