सलमानको धम्कीपछि गर्भवती भनिएकी मोडल डिआड्राले यसो भनिन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार १२:३०

सलमान खानको रियलिटी शोबाट बाहिरिएकी मोडल डिआंड्रा सोरेसले शो को दौरान गर्भवती भएको भन्ने हल्लाको खण्डन गरेकी छन् ।

शोमा सबैभन्दा बलियो प्रतिस्पर्धीमध्ये एक डिआंड्रा आइतबार प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।
पछिल्लो हप्ता उनको स्वास्थ्य खराब भएर स्वास्थ्य परीक्षणका लागि अस्पताल गएकी थिइन् । तर उनी गर्भवती भएको हल्ला बाहिर आएको थियो । यसबारेमा सोध्दा उनले भनिन्, ‘म गर्भवती भएकी छैन । यो बाहिर उडाइएको एउटा हल्ला मात्रै हो ।’
डिआंड्रा शो को दौरान अर्का प्रतिभाशाली सहभागी गौतम गुलाटीसँग किस गरिरहेको दृश्य सार्वजनिक भएको थियो । उनले आफू स्वास्थ्य समस्याका कारण अस्पताल गएको र अहिले स्वास्थ्य राम्रो रहेको पनि उल्लेख गरेकी छन् । source nepalsandesh

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१