सोलुखुम्बुमा ७० पर्यटक अलपत्र ,मौसममा सुधार हुनासाथ उद्धार गर्छौं : प्रहरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार १२:२३
himpath
सोलुखुम्बु । पर्यटकको चाप हुने खुम्बु क्षेत्रमा पाँच फिटसम्म हिउँ जमेपछि सोलुखुम्बुको गोक्यो
क्षेत्रमा पुगेका ७० जना पर्यटकहरु फर्कन नसकेर अलपत्र परेका छन् । खुम्बु क्षेत्रको गोक्यो ट्रेकिङ रुटमा गएका ४० विदेशी र ३० नेपाली पर्यटक अलपत्र परेका हुन् ।आइतबार बिहानै नाम्चेतर्फ आउने तयारीमा रहे पनि हिमपात भएपछि उनीहरु गोक्योकै होटलहरुमा बस्न बाध्य भएका छन् । बाक्लो हिउँ परेपछि हिँड्न नसकेर र बाटो पहिल्याउन नसकी होटलमै बस्न बाध्य भएको कान्जीरोआ ट्रेकिङ एजेन्सीका गाईड सार्की तामाङले जानकारी दिए ।
होटलमा सुरक्षितरुपमा बसिरहे पनि आफ्नो देश फर्किने जहाजको टिकट छुट्ने र तालिका बिग्रने भन्दै विदेशी पर्यटकहरु चिन्तित बनेका छन् । हिउँ तत्काल नपग्लने भएकाले फर्किन अझै कम्तिमा ३ दिन कुर्नुपर्ने भएकाले आफूहरुको उद्धार गरिदिन उनीहरुले आग्रह गरेका छन् ।
पर्यटकहरु कुन-कुन ट्रेकिङ एजेन्सीबाट गएका हुन् र कुन-कुन देशका नागरिकहरु हुन् भन्ने पूर्ण विवरण आइसकेको छैन । कान्जीरोआ ट्रेकिङ एजेन्सी ट्रेकिङ गाईड तामाङका अनुसार विशेषगरी युके, अस्ट्रेलिया र जर्मनीका नागरिकहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१