लुम्बिनी अञ्चल अस्पतालमा तनाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार ११:२८

व्यवसायीले अटेर गरेपछि प्रशासनको बलमा ताला तोडियो10434138_769603239755591_4590860099136140357_n (1) (1)
कपिल ज्ञवाली
बुटवल, २९ मंसिर । बहालवाला व्यवसायीहरुले सटर खाली गर्न अटेर गरेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवलका सटरमा प्रशासनले हस्तक्षेप गरेको छ । प्रशासनले टेण्डरमा गएका तर खाली नगरिएका सटरहरुको ताला तोड्न शुरु गरेको हो । व्यावसायिक सटरहरु टेण्डरमार्फत बढीबढाउ भाडामा प्राप्त गरेका व्यवसायीलाई वहालवालाले बस्ने बाताबरण ( सटर नछाडेपछि ) नबनाइदिएपछि सटर प्रशासनले तोडेको हो । 10434138_769603239755591_4590860099136140357_n (1)अस्पतालले ७५ वटा सटरका लागि आव्हान गरेको टेण्डर स्वीकृत गरी मंसिर १६ गतेभित्र खाली गराउन व्यवसायीलाई सार्वजनिक सुचनामार्फत निर्देशन दिएपनि अटेर गरी एक हप्तादेखि सटर नै बन्द गरी आन्दोलनमा उत्रिएपछि इलाका प्रशासन कार्यालय बुटवलको नेतृत्वमा आजदेखि ती सटरका ताला फोडेर सामान निकाली खाली गराउन शुरु गरिएको छ । टेण्डर परेका व्यवसायीले आफूहरुले व्यवसाय शुरु गर्न नपाएपछि सटर खाली गराइ पाउं भनी अस्पताल र इलाका प्रशासन कार्यालयमा निवेदन दिएका थिए । प्रशासनले पटक पटक खाली गर्न निर्देशन दिंदा पनि ३५ वटा सटरका व्यवसायीले सबै व्यवसायीलाई सटर बन्द गराउन लगाएर अटेर गरेपछि प्रशासनले हस्तक्षेप गरेको हो । 10801795_769603153088933_1364556266441887794_n (1)
अस्पतालका सटरलाई टेण्डरमा लैजान नहुने भन्दै राजनीतिक दल तथा संघ सस्थाहरुसं“ग गुहार माग्दै सटर छाड्न नमानेका ब्यावसायीहरुको जबजस्ती रोक्न बाध्य भएर हस्तक्षेप गर्नुपरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीले बताए । ‘विधि र प्रकृया पु¥याएर स्वीकृत भएका टेण्डरकर्ता व्यवसायीलाई व्यवसाय सञ्चालनमा अवरोध पुराउन खोजेपछि हस्तक्षेप गर्नुपरेको हो’– प्रमुख जिल्ला अधिकारी रायमाझीले भने–‘नियम कानुनको उल्लंघन हुन नदिनु प्रशासनको दायित्व हो ।’
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.तारानाथ पौडेलले टेण्डरबाट सम्झौता गरिएकाहरुलाई सटर दिनका लागि अब बाटो खुलेको बताए । सटर परिसरमा ठूलो संख्यामा प्रहरी तैनाथ गरी इलाका प्रशासन कार्यालयका प्रतिनिधिहरुसहित प्रहरीले सटरको ताला तोडी सामान बोराहरुमा प्याक गरी निकालेको छ ।
सो क्रममा अवरोध गर्न खोज्ने केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । अस्पतालका प्रमुख लेखा अधिकृत मित्रलाल त्रिपाठीले अस्पतालका सटर र सिढि गरी ३५ जनाले सटर खाली नगरेको जानाकारी दिए । अस्पतालका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले अस्पतालका ७३ वटा सटर मध्ये २ वटा साझाले प्रयोग गरेको र अन्यको टेण्डर गरिएकोमा ३२ वटा पुरानै ब्यावसायीलाई टेण्डर परेको बताए ।
गत भदौमा टेण्डरका लागि फाराम विक्रि शुरु भई एक महिनामा खुल्ने दिन अख्तियारले थप १ महिना म्याद थपेको थियो । टेण्डर प्रक्रियाको विरुद्धमा रहेका ब्यावसायीहरुले हारगुहार गर्दा टेण्डर रोक्न नसकेपछि अख्तियारमा गइ आफूहरुलाई टेण्डर फारम भर्न समय कम भएको भन्दै एक महिना माग गरेका थिए । एक महिनाको समयबधी पनि सकिएपछि टेण्डर खोलिएको थियो ।
अख्तियारले १० वर्ष अगाडीदेखि नै टेण्डरमा लैजान ताकेता गरेकोमा कार्यान्वयन नभएपछि साउनमा कडा निर्देशन दिएको थियो ।
सटर भाडा अत्यन्त सस्तो भएको गुनासो आएकाले अख्तियारकै दवाव र निर्देशनमा तीन दशकपछि पहिलोपटक भदौ १ गते अस्पतालका ७२ वटा व्यावसायिक सटरहरु ४ वर्षका लागि भाडामा लगाउन एकमहिने म्याद राखेर टेण्डर आव्हान भएको थियो ।
यसअघि प्रति वर्गमिटर ३७ रुपैया भाडा थियो भने अहिले न्यूनतम ६४ रुपैया कायम गरिएको छ । नया दरअनुसारको भाडाले अस्पताललाई वार्षिक करीब ३ करोड रुपैयां बढी आम्दानी हुने छ । अस्पतालका ७५ वटा सटरमध्ये २ वटा सटर एक लाख रुपैया भन्दा बढीमा सम्झौता भएका छन् भने न्युनतम ३० हजार भाडामा सम्झौता भएको छ । यसअघि प्रति सटरको भाडा सरदर १० हजार मात्र थियो । भाडादर अत्यन्त न्युन भएको व्यापक गुनासो आएपछि अख्तियारले टेण्डरमा जान कडा निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१