रोनाल्डोले जिते ओभरसिज स्पोर्ट्स पर्सनालिटी अवार्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार १०:०४

Ronaldo wins  Overseas Sports Personality award

काठमाडौं । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो ओभरसिज स्पोर्ट्स पर्सनालिटी अफ दि इयर अवार्डबाट सम्मानित भएका छन् ।

म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी २९ वर्षीय रोनाल्डो फिफा बालोन डि’ओरका मुख्य दावेदार हुन् । उनीसँगै बार्सिलोना लिओनल मेस्सी र जर्मन तथा बार्यन म्युनिखका गोलरक्षक नुयुर अन्तिम तीन मनोनयनमा छन् ।

जनवरी १२ मा विजेता घोषणा हुनेछ ।

रोनाल्डोले भनेका छन्–‘मलाई छनोट गरेकोमा धेरै धेरै धन्यवाद ।’

यो अवार्ड गैरबेलायती खेलाडीलाई दिइनेछ । ३० खेल पत्रकार दुई खेलाडीलाई मत दिनेछन्, जसमा पहिलो रोजाइमा परेकालाई दुई र दोस्रोलाई एक मत दिनुपर्छ ।

यो अवार्डबाट यसअघि टेनिस स्टार रोजर फेडेरेर, तिब्रगतिका धावक युसेन बोल्ट, क्रिकेटर ब्रायन लारा लगायत सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१