दोरम्वामा करेन्ट लागेर ३ को मृत्यु, ४ भन्दा बढि घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ मंसिर २०७१, सोमबार ०५:४४

keth

प्रज्वल पौडेल/रेडियो रामेछाप,२९ मङ्सिर  ।
रामेछापको दोरम्बा गाविस ५ को बोदल डाँडामा करेन्ट लागेर आज विहान ३ जनाको मृत्यु भएको छ । वोदल डाडाँमा रहेको विद्युत प्रशारण लाइनको टान्सफर्मर वाट अचानक करेन्ट सर्ट भइ ११ हजार भोल्टको करेन्ट लाइन प्रसारण भएको थियो । विद्युत स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा दोरम्वा गाविस वडा नं ५ का ६५ बर्षका ईन्द्रबहादुर थापामगर, २५ बर्षकी चण्डिका तामाङ र वडा न ७ का ६२ बर्षका अम्मरबहादुर थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक रमेश बस्नेतले जानकारी दिनुभयो । त्यसै गरी स्वीच थिच्न स्वीचको छेउमा पुग्नेहरुलाइ करेन्टले फालिदिदा ४ जना घाइते भएका छन् । गाउँ भरिका घरमा उच्च विद्युत प्रवाह भएकोले अधिकांस घरका विद्युतिय उपकरणहरु जलेका छन् । ११ हजार भोल्टेजको जडान गरिएको लाइनको तार चुडिएर ४२० भोल्टेज करेन्ट प्रवाह हुने शाखा लाइनको तारमा परेपछि बढी करेन्ट प्रवाह भएको विद्युत प्राधिकरण रामेछापले जनाएको छ । क्षतिपूर्ति वापतको रकम मृतकका परिवारले दिइने र घाइते व्यक्तिहरुको उपचार खर्च समेत विद्युत कार्यालयले व्यहोर्ने विद्युत प्राधिकरण रामेछापका लेखापाल लेखनाथ रिजालले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१