विदेशमा बस्ने नेपालीलाई अब फास्ट ट्रयाकबाट एमआरपी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ मंसिर २०७१, आईतवार १०:३६

आवेदन पाएको एक सातामै एमआरपी जारी गर्ने तयारी

काठमाडौं,२८मंसिर । परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालीका लागि फास्ट ट्रयाकमा मेसिन रिडेबल पासपोर्ट ( एमआरपी ) वितरण गर्ने भएको छ । राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले हस्तलिखित पासपोर्ट समयमै विस्थापित गर्न आवेदन पाएको एक सातामै एमआरपी जारी गर्ने तयारी भएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन – आइकाको ) सन् २०१५ को नोभेम्बरसम्म सबै हस्तलिखित राहदानी विस्थापित गर्न समयसीमा तोकेको छ । सो समयसम्म एमआरपी वितरण सक्न विदेशस्थित नेपाली नियोगमा प्राप्त आवेदन फास्ट ट्याकमा काम हुन लागेको विभागका महानिर्देशक थापाले बताए । उनले भने,‘नियोगबाट आउने गुनासो कम गर्न र हस्तलिखित पासपोर्ट समयमै प्रतिस्थापन गर्न एक सातामै नियोगमार्फत आएका निवेदनमा पासपोर्ट जारी गर्ने तयारी गरेका छौं ।’ विभागले नेपाली नियोगहरुलाई मासिक कम्तीमा दुईपटक पासपोर्टका फारम पठाउन आग्रह गरेको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया