इन्डोनेसिया : इन्डोनेसियाको जाभा द्वीपको मध्ये भागमा पर्ने बाङ्जानेगारा जिल्लामा शुक्रबार गएको पहिरोमा परी १७ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।
यस पहिरोमा परी एकसय भन्दा बढी व्यक्ति हराइरहेका जनाइएको छ। जाभा द्वीपको जेमब्लुङ्ग गाउँमा गएको यस पहिरोबाट १७ व्यक्तिको शव निकालिएको र अन्य एकसय भन्दाबढी बेपक्ता रहेका राष्ट्रिय प्रकोप व्यवस्थापनका एक अधिकारी बेनी मुवानस्याहले बताएका छन्।
यस प्रकोपको क्रममा चार व्यक्तिहरु गम्भीर घाइते भएका र अन्य ११ जना सामान्य रुपमा घाइते भएका बताएको छ ।सैनिक, प्रहरी, स्थानीय र उद्धार अधिकारीहरुको सहयोगमा उद्धारकार्य जारी रहेको बताइएको छ। बीबीसी /एजेन्सी
प्रतिक्रिया