आइसिटी पत्रकार विकास मञ्च गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार १४:०३

ictबुटवल,२६ मङ्सिर ।
आइसिटी पत्रकार बिकास मञ्चको रुपन्देही कार्यसमिति गठन गरिएको छ । पत्रकार बिकास मञ्चको केन्द्रिय निर्देशिका बमोजिम रुपन्देहीमा रहेका टेलिभिजन,अनलाइन पत्रिका र रेडियोमा सक्रिय रुपमा कार्यरत पत्रकारहरुको भेलाले जिल्ला शाखा निर्माण गरेको हो । भेलाले न्यूज २४ टेलिभिजन,लुम्बिनी टेलिभिजन,खस्यौली एफएम र अनलाइनखबर डटकमका पत्रकार कपिल ज्ञवालीको अध्यक्षतामा ९ सदस्यिय जिल्ला समिति गठन गरेको हो । जस्को उपाध्यक्षमा दैनिक लुम्बिनी र कारोबार दैनिकका टोपराज शर्मा,सचिबमा लुम्बिनी टाइम्स डटकम र दैनिकपत्रका सी.पी खनाल, सहसचिबमा बुद्ध टेलिभिजन र रेडीयो जागरणका बिनोद परियार र इखबर डटकम र दैनिकपत्रका लक्ष्मण पोखरेललाई कोषाध्यक्षको जिम्मेबारी दिएको छ । त्यस्तैगरि सदस्यहरुमा रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी,बुटवल टुडे र चत्रपथ डटकमका कृष्ण खनाल,नागरिक आवाजका रामजी ज्ञवाली र रेडियो जागरणका कमला चौधरी रहनुभएको छ । सूचना ,सञ्चार तथा प्रबिधीसंगै २१ औं शताब्दी अघिबढिरहेको अबस्थामा बिस्तारित समितिले समयसापेक्ष आटी क्षेत्रको बिकास र प्रर्बद्धनसंगै पहुचको बिकासमा लाग्ने अध्यक्ष कपिल ज्ञवालीले बताउनुभयो । मञ्चको चौथो बार्षिकोत्सवको अबसरमा पुर्व प्रधानमन्त्री माधबकुमार नेपालको प्रमुख आतिथ्यतामा मंसिर २७ काठमाडौंमा अनलाइन मिडियाको अबसर र चुनौती बिषयक अन्तरक्रिया र सम्मान कार्यक्रम हुदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१